दोहा : प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको "भेटघाट तथा अन्तरक्रिया" कार्यक्रमको लागि एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य सुजिता शाक्य सहित केन्द्रीय सदस्य घनश्याम पाण्डे कतार आउन लाग्नु भएको छ ।
प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई सम्बोधन गरि नेपाल फर्किने क्रममा महासचिव पोखरेल सहितका नेता कतार आउने र यहाँका प्रवासी नेपाली समुदाय सङ्ग "भेटघाट तथा अन्तरक्रिया कार्यक्रम"को आयोजना गरिएको आयोजक संस्था प्रवासी नेपाली मञ्च कताले जनाएको छ।
दोहाको सनैयाँमा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा,आगामी शुक्रबार जुलाई २० तारिक, दिनको ठिक १ बजेबाट औपचारिक रुपमा कार्यक्रम सुचारु हुने छ ।
कार्यक्रममा नेपालको देखीएको राजनितिक परिदृश्य,सरकारको गतिविधि,नेपालमा भएका बिकाश र परिवर्तन,पार्टीका कृयाकलाप र गर्नुपर्ने कामहरु, लगायत विविध कुराहरु अन्तरक्रिया कार्यक्रममा प्रबेश गर्नेछ्न ।
कार्यक्रममा कतारमा रहनुहुने तथा मञ्चमा आबद्ध सम्पुर्णमा उपस्थितिको निम्ति मञ्च कतारले अनुरोध गरेको जानकारी गराएको छ ।





















