बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

उदयपुरमा एक किशोरी र एक युवकको शव फेला

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
उदयपुरमा एक किशोरी र एक युवकको शव फेला
Rampam
3D Education Lahan

उदयपुर - उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए। 

स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो।मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो। 

अहिले घटनास्थलमै रहेका चौण्डीगढी नगरपालिका–४ का वडाध्यक्ष लुंगाराज राईले घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए।

घटनाको प्रकृति हेर्दा युवकले बलात्कारपछि किशोरीको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको आशंका स्थानीयले गरेका छन्।दुवै शव पोस्ट मार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी हुँदैछ’ एसपी योगीले भने, त्यहाँ थप अनुसन्धान कार्य हुँदैछ। थप विवरण पछि खुल्छ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट इन्स्पेक्टर बबिन राईको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको उनले बताए।  बिहानै स्थानीयले गाउँमा किशोरी र युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

वडाध्यक्ष राईका अनुसार किशोरी स्थानीय सरकारी विद्यालयमा कक्षा १० मा पढ्दै आएकी थिइन्। काठमाडौँ बस्दै आएका युवक भने विदेश जानको लागि केही दिनअघि मात्रै पासपोर्ट बनाउन घर गएको आफन्तले बताएका छन्। मृतक युवक र किशोरी नजिकै घर भएका छिमेकी हुन्। 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]