बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मेयर महतोको विशेष पहलमा नैनपुर डाबर टोल खानेपानी आयोजना सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ३, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मेयर महतोको विशेष पहलमा नैनपुर डाबर टोल खानेपानी आयोजना सम्पन्न
Rampam
3D Education Lahan


विनोद मण्डल

सिराहा आषाढ ३ ।  सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ अन्तर्गत डाबर टोल र नैनपुर टोलका बासिन्दाको बहुप्रतिक्षित सपना साकार हुने भएको छ । मेयर शिवशंकर महतोको विशेष पहल र सक्रियतामा निर्माण सम्पन्न भएको नैनपुर डाबर टोल खानेपानी आयोजना अब औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो ।

खानेपानी आयोजनाको सम्पूर्ण तयारी फास्ट ट्रयाकमार्फत छिटो गतिमा पूरा भएपछि अब एक भव्य तथा औपचारिक समारोहका बीच नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवले यसको उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।

विगत लामो समयदेखि स्वच्छ र सुरक्षित खानेपानीको अभावमा जीवन यापन गर्दै आएका यहाँका स्थानीयवासीका लागि यो आयोजना आशाको किरण बनेको छ । आयोजनाको सञ्चालन पक्का भएपछि सम्पूर्ण नगर क्षेत्रमा हर्ष र उत्साह थपिएको छ । हजारौं नगरबासीले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने यस आयोजनाबाट शुद्ध र सुरक्षित खानेपानी सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

धनगढीमाई नगर प्रमुख शिवशंकर महतोले आयोजना निर्माणको सफलतामा खुशी व्यक्त गर्दै बताए, "खानेपानी मानव जीवनको आधारभूत आवश्यकता हो । स्थानीय विकास र जनताको जीवनस्तर उकास्न यस्ता आयोजना अत्यन्त महत्वपूर्ण छन् । आगामी दिनहरूमा खानेपानी तथा सरसफाइको क्षेत्रमा अझ सुधार ल्याउन मेरो प्रयास निरन्तर जारी रहनेछ ।

यो आयोजना केवल डाबर टोल र नैनपुर टोलमै सीमित नरही वरिपरिका अन्य बस्तीहरू समेत लाभान्वित हुने छन । खानेपानी सहज रूपमा उपलब्ध भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको कठिनाइ अन्त्य हुनेछ ।

स्थानीय बासिन्दाहरूले अब रोगव्याधि कम हुने, बालबालिकाहरूको स्वास्थ्यमा सुधार आउने र दैनिक जीवन सहज तथा व्यवस्थित बन्ने विश्वास व्यक्त गरेका छन् । जलजन्य रोगहरूको जोखिम घट्ने र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यो आयोजनाको सफलतामा धनगढीमाई नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वय तथा सहकार्य उल्लेखनीय रहेको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा संघीय तहका जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा स्थानीय जनसमुदायको व्यापक उपस्थिति रहने अनुमान गरिएको छ ।

स्थानीयवासीहरूले आयोजना निर्माण तथा सञ्चालनमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गर्दै यस आयोजनाले सामाजिक विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]