बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

युद्धका कारण ईजरायलमा फसे बिराटनगरका मेयर कोईराला फर्किने अनिश्चित

बालासुन्दरी खबर बालासुन्दरी खबर असार २, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
युद्धका कारण ईजरायलमा फसे बिराटनगरका मेयर कोईराला फर्किने अनिश्चित
Rampam
3D Education Lahan

काठमाडौं । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अन्य देशका जनप्रतिनिधिसहित बंकरमा आश्रय लिन बाध्य भएका छन् । इजरायलको सफल सहकारी अभ्यासको अध्ययन गर्न सात दिनअघि त्यहाँ पुगेका मेयर कोइराला इरान र इजरायल युद्ध उत्कर्षमा पुगेसँगै बंकरमा लुकेर बस्न बाध्य भएका हुन् ।

आक्रमणको चेतावनी दिने साइरन बजेपछि डेढ मिनेटभित्र सुरक्षित बंकरमा पुग्नुपर्ने बाध्यतामा रहेका उनले आफू अहिलेसम्म ८-९ पटक बंकरमा छिरेको पीडादायी अनुभव सुनाएका छन् । मेयर कोइरालाले आफू राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढा रहेको ‘सेफाइम’ नामक सहरमा सुरक्षित रहेको जानकारी दिए । ‘नेपालबाट म एक्लै छु, तर मेरो टोलीमा फिलिपिन्सका दुई सांसदसहित विभिन्न देशका १७ जना जनप्रतिनिधि हुनुहुन्छ,’ कोइरालाले भने, ‘यहाँको अवस्था तनावग्रस्त छ । बेलाबेला साइरन बज्छ र हामी सबै दौडिएर बंकरभित्र पस्नुपर्छ ।’

इजरायली सरकारको निम्तोमा त्यहाँ पुगेका कोइरालाको भ्रमण तालिकाअनुसार उनी जुन २० मा नेपाल फर्कने कार्यक्रम थियो । तर, इरानसँगको तनावले इजरायलको हवाई क्षेत्र पूर्ण रूपमा बन्द छ, जसकारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।

यसैबीच, उनको अवस्थाबारे जानकारी पाएपछि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले दुईपटक भेटेर सुरक्षाबारे चासो व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत कोइरालासँग टेलिफोनमा कुराकानी गरी अवस्थाबारे जानकारी लिएकी छन् । आपत्कालीन सम्पर्कका लागि परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली दूतावासका कुमारबहादुर श्रेष्ठलाई (+९७२–५३५३६०७४८) र दोहास्थित दूतावासका कुमार राईलाई (+९७४-५५६१६०४०) सम्पर्क गर्न सकिने जनाएको छ ।

506746355_1032434309064997_8346886699034210522_n

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]