कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी शिव कुमार महतो
रामएकवाल राम
दोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा जो कोहीले चाहेर पनि गर्न सक्दैनन् । किनकी समाजसेवा सजिलै सङ्ग जस पाउने काम पनि होइन।
कतारको सनैयामा बस्ने शिव कुमार महतो यस्तो समाजसेवी हुन जसले हरेक मधेशी समुदायका श्रमिक दाजुभाइहरुलाई सहयोग गर्न टुप्लुक्क पुग्ने गर्छन।कतारमा बसोबास गर्ने र नेपालमा समेत आपत विपतका बेला उनी निस्वार्थ रुपमा लाग्ने गर्छन् । त्यही भएर उनले कतारमा समाजसेवीको एउटा अबल पहिचान बनाएका हुन।
सिराहाको अर्नामा गाउँपालिका-३ घर भएका समाजसेवी शिव कुमार महतोले बैदेशिक रोजगारीको सिलसिलामा सन २००६ मा उनी कतार आएका हुन् । नेपाल छँदा सामाजिक कार्यमा सक्रिय उनी प्रवासी भूमिमा आफ्नो डियुटीको अलावा बाकी समय सामाजिक कर्ममा सक्रिय रहने गरेका छन।
मधेसी एकता समाज कतारका अध्यक्ष समेत रहेका उनले दोहामा स्थापित विभिन्न सामाजिक संस्थाको जिम्मेवारी लिएर थुप्रै सामाजिक काम गरिसकेका छन।
सात समुन्द्र पारीको विदेशी भुमीमा रहेर पनि नेपालीको सेवामा समर्पित हुन पाउँदा उनी खुसी छन् । उनले यसलाई आफ्नो कर्तव्यको रुपमा ठानेका छन् । ‘मैले आपत विपतमा परेका नेपाली खास गरि मधेसी दाजुभाईहरुलाई सहयोग गर्न पाउनुलाई आफ्नो कर्तव्य हो भन्ने ठानेको छु उनल भने मानव भएर जन्मिएपछि बाचुञ्जेसम्म समाजमा केही न केही त गर्नैपर्छ भन्ने लाग्छ ।
वैदेशिक रोजगारीको लागि कतार आएका महतोले सानैबाट आफूले रोजेको सामाजिक कर्मलाई बिर्सन सकेनन। फलस्वरुप उनी विदेशमा रहे पनि आपत बिपतमा परेका नेपाली र आफ्नो गाउँघरमा दीन दुःखीको सँधै सेवा गर्न पछि हटेनन।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्