काठमाडौं । अहिले (आइतबार बिहान) काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला काठमाडौँ र आसपासका क्षेत्रसहित बागमती प्रदेशका धेरै स्थान, कोसी र मधेस प्रदेशका पनि धेरै स्थानमा वर्षा भइरहेको छ। 

यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पनि एक-दुई स्थानमा पानी परिरहेको उनले बताइन रातिदेखि नै वर्षा भइरहेको छ’, उनले नेपालखबरसँग भनिन्, ‘काठमाडौँकै हकमा चाहिँ पानी पर्न थालेको एक/डेढ घण्टा भयो होला।

यसबीच कोसी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भएको जानकारी वरिष्ठ मौसमविद् कँडेलले दिइन्।