बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहाका विशेश्वर साउदी अरबमा अलपत्र परिवारको बिचल्ली

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ३१, २०८२ ४ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहाका विशेश्वर साउदी अरबमा  अलपत्र परिवारको बिचल्ली
Rampam
3D Education Lahan

सिरहा - ऋणको गह्रुंगो भारी, दुई छोराको पढाइ खर्चको बोझ, त्यसमाथि साउदी अरेबियामा अलपत्र श्रीमान् । यस्तै यस्तै तनावले थिचिएकी छिन्, सिरहा विष्णुपुर गाउँपालिका-३ कौवाहाकी सीतादेवी यादव ।

आर्थिक अवस्था अत्यन्त कमजोर ४१ वर्षीया सीतादेवीलाई छोरी प्रतिभाको बिहे र सासुआमा भाल्सरदेवीको किरिया गर्दा लागेको १५ लाख रुपैयाँभन्दा बढी ऋणको भारीले थिचेको छ । सम्पत्तिको नाममा भएको १२ कठ्ठा खेत अरूलाई अधियामा दिएकी छन् । जसको आधा अन्नले उनको तीनजनाको परिवारको चुल्हो जेनतेन बलेको छ ।

‘चार वर्षअघि ऋण उठाएर छोरी प्रतिभाको बिहे गरें । त्यसको एक वर्षपछि सासुआमा बित्नुभयो । उहाँको किरिया पनि ऋण काढेरै गर्नुपर्‍यो । केही वर्षदेखि विदेशबाट पैसा आउन छाड्यो । ऋण कसरी चुकाउने ?,’ सीतादेवीको चिन्ता छ ।

उनलाई सबैभन्दा पिर भने विदेशमा अलपत्र परेका श्रीमान् विशेश्वरकै छ । ९ वर्षअघि रोजगारीका लागि साउदी अरब गएका ४४ वर्षीय विशेश्वर केही वर्षअघिसम्म परिवारलाई खर्च पठाउँथे । तर पछिल्ला केही वर्षयता उनी त्यहीँ अलपत्र परेका छन् ।

उनी रियादस्थित एसएमजी कम्पनीमा मार्बल बनाउने मजदूरका रूपमा काम गर्थे । कम्पनीले तलब दिन छाडेपछि अहिले आफैं खान(लाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् । भिसाको समय सकिएको छ । तर घर फर्कन पाएका छैनन् । अर्काको सहारामा बाँचिरहेका विशेश्वरलाई स्वदेश फर्कन नपाउँला कि भन्ने चिन्ताले सताइरहन्छ । यता, श्रीमती सीतादेवी र छोराहरू विशेश्वर फर्किने प्रतीक्षामा बसेका छन् ।

सीतादेवीका ३ सन्तानमध्ये छोरी प्रतिभाको बिहे भइसकेको छ । दुई छोरा १३ वर्षीय प्रमित यादव र ११ वर्षीय प्रविण यादव छन् । प्रमित हाल विष्णुपुर-२ स्थित जनता माध्यमिक विद्यालयमा कक्षा ८ र प्रविण कक्षा ६ मा अध्ययनरत छन् ।

श्रीमती सीतादेवीले श्रीमान्‌लाई घर फर्काउन वडाध्यक्ष जयकुमार यादव र गाउँका नेताहरूलाई गुहारेकी थिइन् । सुरुमा आश्वासन पाएपछि श्रीमान् फर्किने उनको आशा थियो । तर पछि ती नेताहरू ‘हामीबाट केही हुँदैन’ भनेर पन्छिएपछि उनी निराश भएकी छिन् ।

‘मैले वडाध्यक्षदेखि अरू नेतालाई पनि गुहारें । सुरुमा सहयोग गर्छौं भन्नुभयो तर पछि हामीबाट सम्भव छैन जवाफ दिनुभयो,’ सीता निराश हुँदै भन्छिन्, ‘अब श्रीमान्‌लाई कसरी फर्काउने रु ऋण कसरी तिर्ने रु छोराहरूलाई कसरी पढाउने  यही चिन्ताले रातभर निद्रा लाग्दैन ।

वडा नम्बर ३ की वडासदस्य निर्मला यादवका अनुसार सीतादेवी यादवको परिवारको अवस्था अत्यन्तै दयनीय बनेको छ । उनका श्रीमान् विदेशमै अल्झिरहेकाले घरमा खर्च चलाउन गाह्रो परेको छ ।

मैले यो घटनाबारे पछि मात्र थाहा पाएँ । स्थानीय जनप्रतिनिधिले केही पहल त गर्‍यौं तर फर्काउन सकिएन । अहिले सीता झन् समस्यामा छिन् । सबै मिलेर उनको उद्धार गरिदिनुपर्‍यो,’ वडासदस्य निर्मलाले भनिन् ।

विशेश्वर विदेशबाट वर्षौंदेखि घर फर्कन चाहन्थे । तर परिस्थिति यस्तो बन्यो, उनी न एक्ली छोरी प्रतिभाको बिहेमा सरिक हुन पाए, न त आमा भाल्सरदेवीको मुख हेर्न नै। आमा भाल्सरदेवीको धोको थियो- मर्नुअघि एकपटक छोराको मुख हेर्ने । उनको त्यो धोको अधुरै रह्यो । भाल्सरदेवीले छोराको प्रतीक्षामै संसार छाडिन् ।

मर्नुअघि एकचोटि छोराको मुख हेर्ने आमाको ठूलो इच्छा थियो । त्यसको लागि छोरा फर्कून् भन्ने चाहनुहुन्थ्यो,’ सीतादेवी भावुक हुँदै अतीत सुनाउँछिन्, ‘आमा सधैं सोधिरहनुहुन्थ्यो- मेरो छोरो कहिले आउँछ ? हामीले आमालाई अब आउनुहुन्छ भनेर ढाडस दिइरह्यौं । तर उहाँ छोरा खोज्दै बित्नुभयो ।’

विशेश्वरले सन् २००४ देखि २०१४ सम्म साउदी अरबको एउटै कम्पनीमा निरन्तर काम गरे । त्यो समय कमाइ राम्रै थियो । उनले ५ धुर घडेरीमा इँटाको पक्की घर बनाए । ३ कठ्ठा जमिनबाट थप ९ कठ्ठा जोडेर १२ कठ्ठा बनाए । तर सन् २०१६ मा पुनः त्यही कम्पनीमा फर्किंदा केही समयपछि अवस्था फेरियो ।

पहिला १० वर्ष काम गर्दा राम्रै थियो । त्यही विश्वास लिएर दोस्रो पटक पनि त्यस कम्पनीमै फर्किएँ,’ विशेश्वर भन्छन्, ‘सुरुका दुईरतीन वर्ष ठिकै रह्यो । १५-१६ सय रियाल तलब पाउँथें । तर पछि तीनरचार महिना काम गरेपछि मात्रै एक महिनाको तलब दिन थाल्यो । आफैं खान-लाउन गाह्रो हुन थाल्यो । घरमा पैसा पठाउने त कुरै भएन ।’

विशेश्वरका अनुसार त्यहाँ कार्यरत्त मजदूरहरूले बाध्य भएर केही वर्षअघि कम्पनीविरुद्ध मजदूर कोर्टमा मुद्दा हाले । त्यसपछि कम्पनीका मालिक झन् रिसाए र तलब नै दिन रोकिदिए । यस कारण विशेश्वरसहितका नेपाली मजदूरहरू समस्यामा परे । कम्पनीले न उनीहरूलाई कामअनुसार तलब दिन्छ, न त भिसा लगाएर स्वदेश फर्काउन चाहन्छ । साउदीस्थित नेपाली दूतावासमा पटक(पटक गुहार मागे पनि सुनुवाइ नभएको विशेश्वरको गुनासो छ ।

‘मुद्दा हाल्दा पनि कम्पनीलाई केही फरक परेन । उल्टै रिसाएर कम्पनीले तलब दिन नै छोडिदियो । अहिले न तलब दिन्छ, न भिसा लगाएर घर पठाउँछ । नेपाली दूतावासले समेत वास्ता गरेको छैन,’ विशेश्वरले दुखेसो पोखे ।

विशेश्वर अहिले भाइ पर्ने रामचन्द्र यादवको डेरामा शरण लिएर बसिरहेका छन् । आफूसहित फसेकाहरूलाई उद्धार गरिदिन विशेश्वरको गुहार छ । यता श्रीमती सीताले आफ्ना श्रीमानलाई घर फर्किने वातावरण मिलाइदिन आग्रह गरेकी छिन् ।By: Online Khabar

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]