बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सभापति यादवको पहल निष्कर्षमा : कटनियामा पुल बन्ने पक्का

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ३१, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सभापति यादवको पहल निष्कर्षमा : कटनियामा पुल बन्ने पक्का
Rampam
3D Education Lahan

विनोद मण्डल

जेठ ३१ । सिराहा जिल्लाको सीमावर्ती क्षेत्र बरियारपट्टी पुग्ने मुख्य सडक मार्गमा पर्ने कटनिया नदीमा अब पक्की पुल निर्माण हुने पक्का भएको छ । वर्षौँदेखि पुल अभावमा यातायात अवरुद्ध हुँदै आएको उक्त स्थानमा पुल निर्माण नहुँदा सिराहावासी लामो समयदेखि सास्ती भोग्दै आएका थिए । तर अब नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको सक्रिय पहलमा जनताको यो बहुप्रतीक्षित सपना साकार हुने भएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाईलदेखि बरियारपट्टी जाने मुख्य सडकमा पर्ने कटनिया नदीमा हरेक वर्ष बाढीका कारण यात्रु तथा सवारी साधनको आवागमन प्रभावित हुनेगरेको थियो । विशेषतः वर्षायाममा नदीको बहाव बढ्ने भएकाले पुल नभएको स्थानमा स्थानीय बासिन्दा जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य हुँदै आएका थिए । यस समस्याको दीर्घकालीन समाधानस्वरूप नेपाली कांग्रेस जिल्ला सभापति तथा पूर्व संविधानसभा सदस्य रामचन्द्र यादवले आर्थिक वर्ष २०८१/०८२ को लागि पुल निर्माणको माग राख्दै शहरी विकास मन्त्रालयमा लिखित रूपमा निवेदन दर्ता गराएका थिए । मिति २०८१/१२/१३ मा कांग्रेसको लेटरहेडमा चलानी नम्बर १७२ सहित सिंहदरबारस्थित मन्त्रालयमा निवेदन दर्ता गराइएको थियो । सभापति यादवको निरन्तर पहल र दबाबका कारण मन्त्रालयले कटनिया पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएसँगै अब छिट्टै निर्माण प्रक्रिया अघि बढ्ने निश्चित भएको हो । सभापति यादवले जनताको पीडा बुझ्दै वर्षौंदेखिको मागलाई प्राथमिकतामा राखेर आफूले पहल अघि बढाएको बताए । उनले भने, “कटनिया पुल केवल एउटा निर्माण मात्र होइन, यो स्थानीय जनताको बाँच्न पाउने अधिकारसँग जोडिएको विषय हो । अब पुल बन्ने पक्का भएपछि जनताले सहज र सुरक्षित यात्रा गर्न पाउनेछन् ।” स्थानीयवासी, सर्वसाधारण र सरोकारवालाहरूले सभापति यादवप्रति कृतज्ञता व्यक्त गर्दै पुल निर्माणमा चासो देखाएका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । कटनिया पुल निर्माणले अब सिराहाको दक्षिणी सीमा क्षेत्रमा आवागमन, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

494856989_739131188653329_6300044794261116442_n

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]