रियाद - गैर आवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन सम्पन्न भएको छ। यसअघि महेश घिमिरेको सफल कार्यकाल (२०२३–२०२५) सम्पन्न भएपछि नयाँ नेतृत्व चयन गर्न अधिवेशनको आयोजना गरिएको हो।
अधिवेशनबाट जितेन्द्र थपलियाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाृे छ । जसले २०२५२०२७ कार्यकालका लागि कार्यभार सम्हाल्नेछ।
नव(निर्वाचित अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा प्रवासी नेपालीको हकहित, समस्याहरू, तथा सरोकारका विषयहरू अझ प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




















