काठमाडौं -जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय समिति 'नेवा: राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन' आज बिहानैदेखि भब्य रुपले सुरु भएको छ।
शनिबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवले अधिवेशनको उदघाटन गर्नु भएको छ।
जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्यको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वसहित काठमाडौँ उपत्यकाका हजारौ स्थानीय नेवार समुदायको बाक्लो उपस्थिति रहेको छ।




















