बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भिजिट भिसा प्रकरणमा छानबिन गर्न संघीय लोकतान्त्रिक मोर्चाको माग

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ३१, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भिजिट भिसा प्रकरणमा छानबिन गर्न संघीय लोकतान्त्रिक मोर्चाको माग
Rampam
3D Education Lahan

काठमाडौं - सङ्घीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसाको सम्बन्धमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ।

शुक्रबार बसेको मोर्चाको बैठकले भिजिट भिसा प्रकरण र  मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले बताए।

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय शान्तिनगरमा बसेको बैठकले चार बुँदे निर्णय गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित राजकिशोर यादव र राम कुमार शर्मा, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर तथा ज्ञानेन्द्र झा र मुकेश झा, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय मुक्ति पार्टीका अध्यष राजेन्द्र महतो, नेताहरू केशव झा, अनिल महासेठ, चन्द्रनारायण चौधरी, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी, जनता प्रगतिशीलका हृदयेश त्रिपाठी र डा शिवजी यादव तथा तमलोपाबाट वृषेश चन्द्र लाल सहभागी थिए।

यस्ता छन् मोर्चाका निर्णय
१) मोर्चाको अर्को बैठक बस्नु अघि मोर्चाका सबै घटक दलहरुबाट सुझाव लिई कार्यविधिलाई पूर्णता दिई मोर्चाको आउने बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरियो।

२) आदिवासी जनजातिहरुको सवालमा काम गरिरहेका राजनीति दल र संगठनहरुसँग सहकार्य गर्ने निर्णय गरियो, र सो कार्यको लागि मोर्चाको सचिवालयले सहकार्यको लागि संवादलाई अगाडि बढाउने निर्णय गरियो।

३) भिजिट भिसाको सम्बन्धमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गरिनुपर्ने र मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरियो।

४) हिजो मित्र राष्ट्र भारतको अहमदावादस्थित विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटना भएको अकल्पनीय घटनाप्रति बैठकले गहिरो दुख व्यक्त गर्दछ। उक्त दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा बैठकले हार्दिक समवेदना व्यक्त गर्दछ।

 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]