धनुषा - श्री सदगुरु कबीर स्थान,जगह सबैला निजी आश्रम निवासद्वारा भण्डारा सम्पन्न भएको छ।मङ्गलबार धनुषाको सबैला नगरपालिका -३ मा सदगुरु कबीर साहेबको ६२७ वर्षीय प्रगट्रय उत्सव एंव कबीर जयन्तीको उपल्क्षयमा सत्यसंग तथा भण्डारा सम्पन्न भएको छ।
श्री सदगुरु कबिर स्थान जगह सबैला निजि आश्रम निवासको ३१ वर्षीय सदगुरु कबीर साहेबको प्रगट्रय उत्सब एव कबीर जन्यतीको उपल्क्षयमा विगतको बर्ष झै यस वर्ष पनि सतगुरु कविर आश्रम सबैलाको-३ को समन्वय एव सहयोगमा सत्यसंग ,भजन,भाण्डारा सम्पन्न गरिएको छ।
माई साहेब मानो दासिनको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा उपस्थित अथितीहरुलाई नास्ता , भोजन , भण्डारा, वस्त्र दान गरिएको थियो।साथै सदगगुरु कबीर साहेब ६२७ औ प्रगट्रय उत्सक एव जयन्तीको पल्क्षयमा देश तथा विदेशमा बस्नु हुने सम्पुर्ण साधु, संत,महन्थ, बद्धिजिवी,समाजसेवीहरुमा शुख ,शान्ती, समृद्धि एव उत्तरोत्तरप्रगती साधुवाद,साहेवन्दगीको हार्दिक शुभकामना व्यक्त गरेका थिए।
सदगुरु कबीर स्थान, जगह सबैलाको स्थापना माहात्यमा स्वर्गिय सतलोक बासी छेदी दास (साहेब) ले गर्नु भएको थियो। स्व. दासले सदगुरु कबिर साहेबको बिचार, उपदेश ,वानी ,वचन ,भजन ,प्रचार र साधु ,संत समाजलाई सम्लेन गरी धार्मिक काम जस्तै सप्ताहिक,मासिक ,वार्षिक पछिल्लो ३२ बर्ष देखी रामनवमी ३१ बर्ष देखी कबीर जयन्तीमा विभिन्न संघ ,संस्था ,र साधु संत समाजहरुलाई बोलाएर २ दिने अध्यात्मिक ज्ञान सत्यसंग समेलन, भण्डारा गर्दै आईरहेको थिए।
उनकै समझानामा यस वर्ष पनि ३१ वर्षीय सदगुरु कबिर साहेबको प्रगट्रय,उत्सब एव जयन्ती सत्यसंग,भजन,भण्डारा ,कार्यक्रम गरेका छन।श्री सगगुरु कबीर स्थान ,जगह सबैला निजी आश्रम निवासको अहिलेको सम्पूर्ण कामकाज माई साहेब (मानो दासिन) ले गर्दै आई रहेकी छन।
श्रीसदगगुरु कबीर स्थान,जगह सबैला निजी आश्रम निबासको अन्तर्राष्ट्रिय स्तरमा समाजिक ,धर्मिक कार्यहरुमा निरन्तर काम गर्दै आई रहेको छ।साथै देश वा बिदेशमा बस्नु भएका साधु, संन्त ,समाजहरुलाई दु:ख आपत, विपतमा, सल्लाह सुझाब दिदै समाजिक र धार्मिक कार्यहरुमा सहयोगका काम कार्ज गर्दै आईरहेको हो।
यसको संचालक उतराधिकारी महात्मा शिब कुमार दास (साहेब) अन्तर्राष्ट्रिय स्तरमा समाजिक र धार्मिक क्षेत्रमा मानव जिवनको कल्याणको लागी उपकार जिवको माथिको दया साथै विभिन्न समाजिक कार्यमा साथ सहयोग गर्दै आई रहेको छन।यस वर्ष पनि मलेसियामा साघु संतहरुले पनि पुजा पाट र प्रगट्रय उत्सव एव जयन्ती मनाएको छ।
यस कार्यक्रममा दान गरिएका दाताहरुको नामावली यस प्रकारको रहेका छन।
(१) माहात्यमा शिब कुमार दास साहेब
(२) श्री राम नरायन साह साहेब
(३) श्री दामोदर मुखिया
(४) श्री डोमा राई कुर्मी
(५) श्री ईन्द्र कुमार पासमान
(६) श्री बच्चु राउत गरेरी





















