काठमाडौं - भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार भारत सरकार र मित्रवत् भारतीय जनताप्रति, साथै यस दुर्भाग्यपूर्ण घटनामा ज्यान गुमाउनेहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’

यस दुःखको घडीमा नेपाल सरकार र नेपाली जनता भारत सरकार र भारतीय जनताको साथमा खडा रहेको समेत उल्लेख गरिएको छ।

२४२ यात्रु बोकेको एयर इन्डियाको विमान बिहीबार अहमदाबाद एयरपोर्टबाट उडेको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा कम्तीमा १२० जनाको मृत्यु भएको आशंका गरिएको छ। बीबीसी हिन्दीका अनुसार मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।

GtPdEkYa4AEVgTe