बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा नेपाली नरहेको पुष्टि : दूतावास

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २९, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा नेपाली नरहेको पुष्टि  : दूतावास
Rampam
3D Education Lahan

दिल्ली - लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको अहमदाबाद नजिकै दुर्घटनाग्रस्त भएको छ। अहमदाबाद बाट लन्डनको गेटविकका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा सवार २४२ जना यात्रु तथा चालक दलमध्ये कोही पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ।

विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक सवार हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् । भारतीय पक्षले पठाएको यात्रु सूचीअनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिक सवार थिए।

भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा दुई जना पाइलट र १० जना चालक दलका सदस्य सहित २४२ व्यक्ति सवार थिए। एयर इन्डियाले आपतकालीन सूचना केन्द्र स्थापना गर्दै परिवारका लागि सहयोग टोली गठन गरेको जनाएको छ।

भारतमा यसअघि पनि यस्ता घातक विमान दुर्घटनाहरू भएका छन्। सन् १९९६ मा नयाँ दिल्लीको आकाशमा दुई जेट ठोक्किएर ३५० जनाको मृत्यु भएको थियो। त्यस्तै, २०१० मा मङ्गलोर विमानस्थलमा भएको एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटनामा १५८ जनाको ज्यान गएको थियो।

सबैभन्दा ठूला विमान दुर्घटनामध्ये एक सन् १९८५ मा भएको थियो, जब एयर इन्डियाको बोइङ ७४७ विमान मन्ट्रियलबाट लन्डन हुँदै दिल्ली जाँदै गर्दा आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा ३२९ जना सवारमध्ये कोही पनि जीवित रहेनन्। पछि अनुसन्धानमा उक्त दुर्घटनामा उग्रवादी सिख समूहको संलग्नता देखिएको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]