बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

सुनचाँदी व्यवसायी आन्दोलित : बोदे बर्साईनका सबै सुन पसल बन्द

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २९, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सुनचाँदी व्यवसायी आन्दोलित : बोदे बर्साईनका सबै सुन पसल बन्द
Rampam
3D Education Lahan

उमेश कुमार साह सप्तरी - सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीकाे माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । देशभरका व्यवसायी व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । सुनचाँदी व्यवसायी सङ्घ सप्तरीको नेतृत्वमा नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासङ्घ सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। सुन चाँदी व्यवसायी संघ बोदे बर्साईन सप्तरीले बिहीबार बोदे बर्साईनमा पत्रकार सम्मेलन गरी व्यवसाय बन्द गरेर आफूहरू सडकमा आएको जनाएको छ। आन्दोलनका कार्यक्रम अनुसार आज बोदे बर्साईनको स्थित बजारका सबै सुनचाँदी पसल बन्द गरिएका छन् । यसअघि सुनचाँदी व्यवसायीको टोलीले हिजो सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।आन्दोलनका कार्यक्रम अनुसार भोलि विरोध र्याली आयोजना गरिने जनाइएको छ । सुनचाँदी व्यवसायी संघ बोदे बर्साईनका प्रतिनिधि मिथलेश कुमार यादवले उपभोक्तालाई मार पार्ने गरी सरकारले सुनमा विलासिता कर लगाएको बताउनुभयो । व्यवसायी सङ्घ सप्तरीका अध्यक्ष नारायण रन्जनले सम्पत्तिको रूपमा जोड्ने सुनमा विलासिता कर लागू हुनु कुनै पनि दृष्टिकोणबाट न्यायचित नहुने उल्लेख गर्नुभयो । सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेको थियो । बजेट मार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ । पत्रकार सम्मेलनमा बोदे बर्साईन प्रतिनिधि यादवले सुनचाँदी व्यवसायीलाई कर लगाइए पनि उक्त कर उपभोक्ताले तिर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउनुभयो । आजबाट सुरु भएको आन्दोलन २९ र ३० गते सम्म चल्ने प्रतिनिधि यादवले बताए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]