देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ।
मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार,आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्