साउदीअरब - गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, जेद्धा, साउदी अरबको कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न निर्वाचनबाट दण्डपाणी अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
निर्वाचित समितिमा चिरञ्जीवी बस्नेत उपाध्यक्ष, देवराज अर्याल सचिव, कृष्ण कुमार थापा सह–सचिव, लक्ष्मण रोकाया कोषाध्यक्ष, र मोहनराज गुरुङ सह–कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्। सदस्यहरूमध्ये सन्तोष खड्का, प्रितम खड्का र गोबिन्द बहादुर दियाल रहेका छन्।
नयाँ कार्यसमितिले प्रवासी नेपालीको हक–हितको संरक्षण, सामाजिक समावेशिता, आपसी ऐक्यबद्धता तथा नेपाली संस्कृति र सभ्यताको प्रवर्द्धनमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ। साथै सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा अगाडि बढ्ने घोषणा गरिएको छ।
जेद्धास्थित नेपाली समुदाय तथा विभिन्न संघ–संस्थाहरूले नव–निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।




















