शियाराम यादव

दोहा - गैर आवासीय मधेसी सङ्घ, कतारको छैठौं महाधिवेशन  फुलबारी रेस्टुरेन्टको सभा हलमा अत्यन्तै भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय समितिका महासचिव  इन्जिनियर रामदेव राईज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष इन्जिनियर विजयकुमार यादवज्यूको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजकको भूमिका गणेश भगतज्यूले निर्वाह गर्नुभएको थियो भने उद्घोषण र सञ्चालनको जिम्मेवारी  जयप्रकाश मण्डल र  रामकुमार मण्डलज्यूले सम्हाल्नुभएको थियो।महाधिवेशनको समापनमा  जितेन्द्र कुमार यादवज्यूको नेतृत्वमा ३८ सदस्यीय राष्ट्रिय समिति गठन गरिएको घोषणा गरिएको थियो।कार्यक्रममा विभिन्न क्षेत्रीय समितिका अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, पूर्व वरिष्ठ नेताहरूको सहभागिताले समारोहमा थप गरिमा प्रदान गरेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो, जसमा प्रवासी सांस्कृतिक जनमत शङ्काका अध्यक्ष  आर. पी. शर्माज्यूको नेतृत्वमा प्रस्तुत गरिएको सांस्कृतिक झलक दर्शकहरूबाट विशेष प्रशंसा पाएको थियो।समारोहको अन्त्यमा नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई गैर आवासीय मधेसी सङ्घ अन्तर्राष्ट्रिय समितिका सचिव  राम सुवन यादवले विधिवत रूपमा सपथ गराउनु भएको थियो।सम्पूर्ण कार्यक्रम शालीनता, मर्यादा र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएकोमा सबै सहभागी, नेता, कार्यकर्ता र सदस्यहरूलाई आयोजक पक्षबाट हार्दिक धन्यवाद प्रकट गरिएको छ।