बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहानमा बेच्न राखिएका आँप विषादीरहित

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानमा बेच्न राखिएका आँप विषादीरहित
Rampam
3D Education Lahan

सिरहा- सिरहा स्थित लहान बजारमा बिक्रीका लागि राखिएका आँप विषादीरहित पाइएको छ ।

आज बजार अनुगमनका क्रममा यहाँका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने १० वटा फलफूल पसलमा अनुगमन गर्दा व्यापारीले आँप पकाउनका लागि मानव स्वास्थ्यलाई असर गर्ने हानिकारक विषादीको प्रयोग नगरेको पाइएको हो । 

इलाका प्रशासन कार्यालय लहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, लहान नगरपालिका कृषि विकास शाखा, सुरक्षाकर्मी तथा पत्रकार सम्मिलित टोलीले संयुक्त रुपमा अनुगमन गरेका थिए ।

अनुगमनमा आँप पकाउन प्रतिबन्धित ‘क्याल्सियम कार्बाइड’ प्रयोग गरेको नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका खाद्य निरीक्षण अधिकारी राजिन बुढाथोकीले बताए । 

बजारमा मानव स्वास्थ्यलाई तत्काल असर गर्ने प्रतिबन्धित ग्याँस प्रयोगमार्फत फलफूल पकाएर गरिने बिक्रीलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको थियो । तर, मानव स्वास्थ्यका लागि हानिकारक मानिने क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएन”, खाद्य निरीक्षक बुढाथोकीले भने ।  

सिरहालाई आँपको राजधानी मानिन्छ । लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले बर्सेनि यहाँ उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्ने गरेको छ ।

गत वर्ष ५० मेट्रिक टन बढी मालदह आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने कृषि शाखाका संयोजक बद्रीनारायण चौधरीले जानकारी दिए । 

उनका अनुसार असारको पहिलो सातादेखि मालदह आँप बजारमा आउन थाल्ने भएकाले सोहीअनुरुप सङ्कलन गरी पठाउन तयारी गरिएको छ । लहानको वडा नम्बर १२, १३, १४, १५, १८, १९, २३ र २४ लाई आँपको पकेट क्षेत्र मानिन्छ । 


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]