काठमाडौं - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवासमा आज कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए।
समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने।अन्य पार्टीबाट हुने प्रवेश र समायोजनले पार्टीमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरे।
माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै उनले पार्टीमा समायोजन हुन आउने सबैलाई उचित जिम्मेवारी दिइनेसमेत बताए।




















