रामएकवाल राम
दोहा :- कतारमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका मैथिली गायक सन्नु कुमार मण्डललाई जय मा जानकी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व वक्र ईदको अवसरमा रामी प्रोडक्सन ईन्टरनेशनलद्वारा आयोजित म्युजिकल हङ्गामा २०२५ मा सहभागी हुन आएका गायक सन्नु कुमारलाई दोहामा सम्मान गरिएको हो ।
शनिबार लालिगुरासको रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष लालबाबु साह , मधेसी एकता समाज कतारका शिव कुमार महतो तथा मधेशका विभिन्न संघ संस्थाले खादा ओढाई सम्मान गर्नुका साथै संस्थाका तर्फबाट सम्मान पत्र सहित मायाको चिनो प्रदान गरेका थिए ।




















