बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मन्त्री रायको आर्शिवादले कलैया यातायातमा प्रमुख दासको लुटतन्त्र जारी, अख्तियार मौन

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २५, २०८२ ४ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मन्त्री रायको आर्शिवादले कलैया यातायातमा प्रमुख दासको लुटतन्त्र जारी, अख्तियार मौन
Rampam
3D Education Lahan

रंजित चौरसिया

वीरगंज  - यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चालक अनुमति पत्रको परीक्षार्थीहरु सँग बिचौलियाहरु मार्फत असुली कार्य जारी नै राखेको समाचार स्रोतले जनाएको छ । 

प्रमुख दासले परिचालन गरेको बिचौलियाहरु कर्मचारीमा सत्यनारायण साह, रघुनन्दन साह, कलाम हुसैन, संतोष कुमार सिंह लगायत रहेका छन् भने अन्य  बिचौलियाहरुमा आशिष सिंह, भिखारी दास, अजय दास लगायत रहेको ती स्रोतको कथन रहेको छ । 

बिहिवार २२ गते भएको लिखित परीक्षामा करिब २७ लाख असुलेर पास गराईएका परीक्षार्थीहरुलाई शुक्रवार भएको प्रयोगात्मक परीक्षाको परिणाम बाहिर सार्वजनिक नगरिए पनि प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई पास गराउने योजना बनिरहेको स्रोतले जनाएको छ । 

प्रयोगात्मक परीक्षामा कति उत्तिर्ण र कति अनुत्तिर्ण भएको सन्दर्भमा जानकारी लिन शुक्रवार २३ गते बेलुकी सूचना अधिकारी जिवरमण पौडेललाई पटक–पटक मोबाईल फोन सम्पर्क गर्दा वहाँले सम्पर्कमा नआए पछि कार्यालय प्रमुख अविन्दर दास सँग सम्पर्क गर्दा म अहिले बाहिर छु, आधि घण्टा भित्रमा बुझेर बताउंछु भनि भने पनि वहाँले मोबाईल फोन नगरे पछि पुनः दास सँग सम्पर्क गर्दा मोबाईलको स्विच अफ गरे । 

भ्रष्टाचारका मामिलामा गन्हाईसकेका प्रमुख दासले बिहिवारको लिखित परीक्षामा प्रमुख मेकानिकल सुपरभाईजर संतोष कुमार सिंहलाई बनाएका थिए भने शुक्रवारको प्रयोगात्मक परीक्षाको ट्रायल प्रमुख (केन्द्राध्यक्ष) संतोष कुमार सिंहलाई नै बनाएका थिए, र मुल्यांकनकर्ता पनि मेसु भएकोले सिंह नै रहेका थिए । 

नियमानुसार कार्यालयको बरिष्ठ कर्मचारीलाई ट्रायल प्रमुख बनाउनु पर्नेमा प्रमुख दासले भ्रष्टाचारको आन्तरिक पोल खुल्ने डरले कार्यालयका प्रायः कर्मचारीहरुलाई पाखा लगाई स्वयं दास, मेसु सिंह र खरिदार सत्यनारायण साहको योजना अनुसार सो कार्यालयमा भ्रष्टाचार “दिन दु गुना रात चौगुना” बढी रहेको भुक्तभोगीहरु बताउंदछन् । 

एउटै व्यक्ति मेकानिकल सुपरभाईजर संतोष कुमार सिंह लिखित तथा ट्रायल प्रमुख र मुल्यांकनकर्ता रहेको पाईएकोले सो कार्यालयमा भ्रष्टाचारको जड बलियो भएको घाम जस्तै छर्लङ्ग देखिन्छ । कलैया यातायातको भ्रष्टाचार सन्दर्भमा निरन्तर समाचार प्रकाशन भईरहंदा प्रमुख दासले जले जति लेखे पनि केही नहुने ठोकुवा गर्दै हिडेको उनका निकटवर्तीहरु बताउंछन् । 

दास गर्वका साथ भन्ने गरेका छन्, “म सर्लाही जिल्ला निवासी हुँ, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय सर्लाही जिल्लाकै भएको हुनाले वहाँको आर्शिवाद म माथि रहे सम्म कसैले केही बिगार्न नसक्ने” उनको भनाईलाई उद्धृत गर्दै स्रोतले जनाएको छ । दास थप भन्छन्, “हो म भ्रष्टाचार गर्छु तर सो भ्रष्टाचार गरेको रकमबाट म एक्लै खांदिन, तल देखि माथि सम्म हैसियत अनुसार भाग पु¥याउने गरेकोले आफुलाई केही नहुने” ती स्रोतको कथन रहेको छ । 

मन्त्री राय सर्लाही जिल्लाको क्षेत्र नं. २ को “ख” बाट नेपाली काँग्रेसको टिकटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी पार्टीको अनुशासन विपरित कार्यशैली गरेको र मन्त्री भईसके पछि भ्रष्टाचारमा तल्लीन रहेको आरोपमा उनको पार्टीले केही महिना पहिले स्पष्टिकरण पनि सोधि सकेको छ । 

मन्त्री रायको आर्शिवादमा जिल्लावासी रहेका प्रमुख अविन्दर दासले गरेका भ्रष्टाचारको रकमबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसी, मधेश प्रदेशका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, जिल्ला प्रशासन कार्यालय बारा, श्रम तथा यातायात मन्त्रालयका सचिव युवराज अधिकारी, मन्त्री कौशल किशोर राय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रमुख सचिव मदन भुजेल तथा मुख्यमन्त्री सतिश कुमार सिंह समेतलाई हैसियत अनुसारको भाग जाने गरेको कार्यालयमा कार्यरत्त एक जना कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । 

शनिवार बेलुकी प्रमुख दास सँग प्रतिक्रिया लिन मोबाईल फोन सम्पर्क गर्दा अहिले म घरमा छु, शुक्रवार भएको ट्रायल सन्दर्भमा म बुझेर फोन गर्छु भने पनि वहाँले फोन नगरे पछि पुनः कलैयाको तमाम बेथितिको बारेमा बुझ्न मोबाईल फोन गर्दा उनले आफ्नो मोबाईलको स्विच अफ गरी जवाफ दिनबाट भागे ।

यातायात व्यवस्था कार्यालय कलैयामा सुशासनको अनुभुति दिलाउनका लागि भ्रष्टाचार सन्दर्भमा बारम्बार समाचार मार्फत उजागर गरिरहंदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा कलैयाको भ्रष्टाचार रकमबाट कही भाग त जाने गरेको छैन ? भनि सचेत नागरिकहरुले आशंका गर्न थालेका छन् ।

यदि अख्तियारले कलैया यातायातको भ्रष्टाचारको रकममा संलग्नता राखेको छैन् भने २०८१ फागुन २२ गते भएको लिखित तथा प्रयोगात्मक परीक्षामा फेल भएका दुई वटा परीक्षार्थीहरुलाई पास गराएको प्रमाण यस अनलाईनलाई प्राप्त भएको छ । यदि अख्तियारले कारवाही प्रक्रिया अगाडि बढायो भने मागेको बेलामा सो प्रमाण उपलब्ध गराउन प्रतिबद्ध छौं ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]