रामएकवाल राम

दोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल कतार आईपुगेको छ।

कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधाको अवसरमा  एसियन टाउन स्थित  अम्पिथिएटरमा रामी  प्रडक्सन इन्टरनेशनलद्वारा आयोजना गरेको  सांगीतिक कार्यक्रम म्यूजिकल हंगामा साङ्गितिक प्रस्तुति दिन गायक सन्नु कुमार बुधबार  साँझ कतार आईपुगेको हो।

भोजपुरी सुपरस्टार केसरि लाल यादव अम्रपाली दुबे, अनमोल केसी, पल शाह, स्वस्तिमा खड्का, भुवन केसी, र अस्मिता अधिकारी लगायतका कलाकारहरू बुधबार  साँझ कतार आईपुगेको आयोजकले बताएको छ।

दोहा लगायत कतारका विभिन्न ठाउँमा कार्यरत नेपाली, भारतीय, मैथिली र भोजपुरी समुदायका दर्शकहरूको लागि लक्षित यो कार्यक्रमले बहुभाषिक सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गर्नेछ। कार्यक्रमले ईदको उमङ्ग, भाइचाराको भावना र विविध सांस्कृतिक सौन्दर्यलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ।

यी कलाकारहरू आफैंमा विभिन्न पुस्ताका प्रतिनिधि हुन्। सिनेमामा उनीहरूको योगदान, सामाजिक सञ्जालमा उनीहरूको लोकप्रियता, र यस किसिमको आयोजनाले प्रवासी समुदायलाई आफ्नो भाषा, कला र संस्कृति प्रतिको गर्व अझ बलियो बनाउने विश्वास आयोजकहरूको रहेको छ।