राजविराज - शिक्षित बनाै, संगठित हाेअैा, संघर्ष गराै भने मुलनाराका साथ संयुक्त राजनीति दलित संघर्ष समितिकाे आयाेजनामा सप्तरीको राजविराजमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाईएकाे छ ।
नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामकाे प्रमुख आतिथ्य एवम् सप्तरी जिल्ला प्रहरी प्रमुख एस पि ढकेन्द्र खतिवडाकाे विशेष आतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला भरीका दलित अगुवाहरुकाे उपस्थितिमा भव्य रुपमा सम्पन भएकाे छ ।
कार्यक्रममा जिल्ला भरि भएका दलित माथिकाे वल्लातकार, उठिवास, हत्या, काे दाेषिहरुलाई तत्काल कानुनि कार्वाहि गर, आजकाे दिन नेपाल सरकारले राष्ट्रिय रुपमा क्यालेन्डरमै ताेकेर राष्ट्र विदा दिनु पर्ने, प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मा दलित हेल्प डेस्क स्थापना गरि दलितलाई न्यायका लागि सजहता प्रदान गराै लगायतका माग राखि कार्यक्रम सम्पन भएकाे छ ।
एस पि ढकेन्द्र खतिवडाले कानुनि न्यायकालागि अझै सक्रियता वढाउने र हेल्प डेस्क स्थापना गर्ने प्रतिवद्धता जनाउनु भयाे । कार्यक्रममा राष्ट्रिय दलित आयाेगका पुर्व सदस्य वाैवालाल शर्मा, दलित अगुवा जगजिवन राम, सियाराम पासमान, शिवदेव सदाय, अमिन सियालाल राम, विरेन्द्र पासमान, विमल रजक, संगठन प्रमुख रुन्दि राम लगायतका अगुवाहरुकाे उपस्थिति रहेकाे थियाे ।
समितिका सप्तरी जिल्ला अध्यक्ष भुवनेश्वर साफिकाे अध्यक्षता भएकाे दिवस कार्यक्रममार्फत मार्फत जातिय छुवाछूत जस्ता अपराधलाई निर्मुल गर्न प्रतिवद्धता जनाउनु भएकाे छ । यसैकाे अवसरमा आज प्रत्येक घरमा दिप प्रज्वलन गर्न समेत कार्यक्रममा रहेकाे छ ।




















