शियाराम यादव

लहान -  विश्व सुर्तीजन्य दिवसको अवसरमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागूपदार्थ सेवन न्यूनीकरणसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सिरहामा सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। स्वास्थ्य कार्यालय सिरहा, मधेस प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवले अध्यक्षता गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा दिलिप कुमार लामाको उपस्थिति रहेको थियो। साथै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, पत्रकारहरू र सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त अन्तरक्रियामा सहभागीहरूले सुर्तीजन्य पदार्थ, मादक पदार्थ र लागूपदार्थ सेवनका कारण उत्पन्न हुने स्वास्थ्य र सामाजिक समस्याका बारेमा विस्तृत छलफल गरेका थिए। कार्यक्रममा सहभागीहरूले जनचेतना अभिवृद्धि र नीति निर्माणमा जोड दिनुपर्नेमा जोड दिएका थिए।