बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

१५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८२ लहानमा सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
१५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८२ लहानमा सम्पन्न
Rampam
3D Education Lahan

शियाराम यादव

लहान - सिरहा जिल्लाको प्रतिष्ठित खेलकुद प्रतिस्पर्धा मानिने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८२ लहान नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको हो।

प्रतियोगिता लहान नगरपालिका अन्तर्गत कवडहल मैदानमा आयोजना गरिएको थियो।प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा जनता समाजवादी पार्टी (जसपा) लहान नगरपालिकाका नगर अध्यक्ष राम उदगार महतोको उपस्थिति रहेको थियो।समापन समारोहको अध्यक्षता सिरहा खेलकुद विकास समितिका कार्यालय प्रमुख हुकुम लाल कमातीले गर्नुभएको थियो।

प्रतियोगितामा कराते, तेक्वान्दो, भलिवल र कबड्डीजस्ता विविध खेलहरूको प्रदर्शन गरिएको थियो। सहभागी खेलाडीहरूले उत्कृष्ट खेल कौशल देखाउँदै दर्शकको मन जितेका थिए।आयोजकका अनुसार, प्रतियोगिता युवापुस्तामा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने, सामाजिक एकता, सहकार्य, र अनुशासनको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रमको अन्त्यमा विभिन्न खेल विधामा विजयी भएका खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई आगामी राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि दिनेश महतोले "खेलकुद राष्ट्र निर्माणको आधार हो" भन्दै विद्यालयस्तरमै खेल गतिविधिलाई प्राथमिकता दिन आवश्यक रहेको बताए। नगर प्रमुख महेश प्रसाद चौधरीले पनि खेलाडी उत्पादनका लागि नगरपालिकाले पूर्वाधार विकास र आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समारोहमा खेलाडी, पत्रकार, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी र आयोजक दुवैले प्रतियोगिता सफल रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]