रामएकवाल राम

दोहा :- गुल्मी सेवा समाज कतारको दशौ सधारण सभाबाट अध्यक्षमा मित्र बि एस चयन भएका छन।शुक्रबार फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको सधारणसभाबाट मित्र बिएसलाई सर्वसम्मत चयन गरेको हो।

गुल्मी सेवा समाज कतारको प्रतिबद्धता ,निस्वार्थ समाज सेवा आजको आवश्यकता भन्ने मुल नाराका साथ सन २००३ मा स्थापना भएको समाज कतारले आफ्नो दशौ सधारण सभा सप्पन्न गरेको छ।

संस्थाका अध्यक्ष कमल अर्यालको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा समाजिक व्यक्तित्व क्रान्ति सिंहको प्रमुख आतिथ्यता रहेको थियो।एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि बुद्धिजीवी , पत्रकारहरुको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो।

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा गत फेब्रुअरी १९ तारिख सडक दुर्घटनामा परी मृत्यु भएका युवा व्यवसायी तथा  एनआरएनए कतारका सहकोषाध्यक्ष गुल्मीको मालिका गाउँपालिका घर भएका स्व. झविन्द्र आचार्य प्रति एक मिनेट मौन धारण गरि शोक मनाएको थियो। 

समाजका वरिष्ठ उपाध्यक्ष मित्र बिएसले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका सचिव तथा कार्यक्रम संचालक दर्शन सुनारले संस्थाको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।साथै कार्यक्रममा पत्रकार लगायत विभिन्न समाजिक व्यक्तिहरुलाई सम्मान गरेको थियोे।

केही दिन अगाडि विभिन्न मिडियामा प्रकाशित समाचार  कतारमा डेढ वर्षमा १७० जना नेपालीको मृत्यु भएको खबरलाई दुःख व्यक्त गर्दै ३४ जना आत्महत्या गरेर मृत्युको कारण झुठो( नक्कली ) प्रेम हुन सक्ने यस्ता नक्कली प्रेममा नपर्न समाजसेवी सागर नेपालले आग्रह गरेका थिए।

सधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा सुरज चन्द बोहोरा प्रथममा उपाध्यक्ष-देव लम्साल , उपाध्यक्ष-दर्शन सुनार,सचिव-कुमार राहादी मगर ,सह-सचिव-रमेश पछाई, कोषाध्यक्ष-कमल खत्री ,महिला संयोजक- कल्पना घर्तीलाई सर्वसम्मत चयन भएका छन।

त्यस्तै सदस्यहरु-गोपाल पछाई (गोपी),ज्ञान् बहादुर शाही,भिम बहादुर पान्डे,दिपक घिमिरे ,सुरेश परियार ,मान,बहादुर कार्की ,शम्शेर सुनार ,गिरी प्रसाद दर्लामी 

महिला सदस्य दुर्गा माझी चयन भएको हो।

दशौ सधारण सभाबाट चयन भएका सम्पूर्ण नयाँ कार्यसमितिलाई निर्वाचन समितिको संयोजक बुद्ध पान्डेयले सपथ ग्रहण गराएका थिए।

received_674870215386645 1