बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गोरखा सेवा समाज कतारको १३औं अधिवेशन सम्पन्न अध्यक्षमा विकाश श्रेष्ठ

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन  सम्पन्न अध्यक्षमा विकाश  श्रेष्ठ
Rampam
3D Education Lahan

दोहा - गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। 

शुक्रबार सनैया स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा गोरखा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व उप–संयोजक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता थियो । 

सन् २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारको नेपाली समुदायको अग्रणी संस्था हो । स्थापनाकालदेखि नै परोपकारी तथा सामाजिक कार्यमा अग्रसर रहेको यो संस्थाले जिल्ला अस्पताल गोरखामा एउटा इसिजी मेसिन, ४ वटा स्ट्रेचर बेड, विद्यालय भवन निर्माणमा सहयोग गर्दै हाल २५ लाख रुपैयाँको अक्षयकोष खडा गरी जिल्लाका विभिन्न विद्यालयका विपन्न, असहाय र संरक्षित बालबालिकाहरूलाइ सहयोग गर्दै आइरहेको छ ।

नेपाली कला, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मनकामना कला केन्द्र सञ्चालनमा ल्याई कलाकार उत्पादन र मौलिक संस्कृतिको जगेर्ना गर्न सफल भएको संस्थाका संरक्षक बुधबल गुरुङले बताए । समाजले जिल्ला भित्रका सडक तथा गल्लीहरूमा भौँतारिरहेका बेसाहाराहरूलाइ सेवा गर्न मानव सेवा आश्रमसँग हातेमालो गर्दै विभिन्न जनचेतनामूलक, ज्ञानवद्र्धक र मानव मुक्त गोरखा बनाउन चरणद्ध रूपमा काम गर्दै आइरहेको र भर्खरै मात्र पनि मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११रुपैयाँ हस्तान्तरण गरेको राकेश श्रेष्ठले जानकारी दिए ।

प्रमुख अतिथि भट्टराईले २००३ मा स्थापना भएर आजसम्म आइपुग्दा समाजले गरेको योगदानलाई हृदयङ्गम गर्दा आफू गौरवान्वित भएको बताउँदै संस्थाले गरेका कामहरूको प्रंशसा गरे ।

१३औ अधिवेशनबाट २०२५–०२७ का लागि नयाँ कार्यसमिति गठन भएको छ । समितिको अध्यक्षमा विकाश श्रेष्ठ चयन भएका छन् । यस्तैमा वरिष्ठ उपाध्यक्षमा अर्जुन संग्रौला र उपाध्यक्षमा राजेन्द्र पराजुली तथा रामचन्द्र गिरीलाई चयन गरिएको छ ।

महासचिवमा रुद्र बहादुर भट्ट र सचिवहरूमा पवन गुरुङ र पूर्ण बहादुर गुरुङ हुन् । कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः अशोक श्रेष्ठ र दिनेश थापा छन् ।

नगरपालिका तथा गाउँपालिका संयोजकहरूमा पालुङटार नगरपालिकाका नन्दलाल श्रेष्ठ, सिरानचोक गाउँपाकिलाका सूर्यबहादुर गुरुङ, अजिरकोट गाउँपालिकाका राजु गुरुङ, शहिदलखन गाउँपालिकाका दीपक बि.क र आरुघाट गाउँपालिकाका रश्मि गुरुङ छन् ।

यस्तै समाजको केन्द्रीय सदस्यहरूमा दुर्गा भुजेल, मालती गुरुङ, मदन बखाती र प्रदिप मल्ल ठकुरी छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]