बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुने

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
 कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुने
Rampam
3D Education Lahan

दोहा  - कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी  प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन  एसियन टाउन अम्पिथिएटरमा आयोजना हुनेछ। कार्यक्रम साँझ ६:३० बजे बाट सुरु हुनेछ।

दोहा लगायत कतारका विभिन्न ठाउँमा कार्यरत नेपाली, भारतीय, मैथिली र भोजपुरी समुदायका दर्शकहरूको लागि लक्षित यो कार्यक्रमले बहुभाषिक सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गर्नेछ। कार्यक्रमले ईदको उमङ्ग, भाइचाराको भावना र विविध सांस्कृतिक सौन्दर्यलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ।

कार्यक्रममा भोजपुरी, नेपाली र मैथिली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको तगडा उपस्थिती रहनेछ। प्रमुख आकर्षणमा भोजपुरी सुपरस्टार केसरि लाल यादव रहनु हुनेछ, जसले आफ्नो दमदार प्रस्तुति मार्फत दर्शकलाई झुमाउनेछन्। साथै, अम्रपाली दुबे, अनमोल केसी, पल शाह, स्वस्तिमा खड्का, भुवन केसी, सन्नु कुमार, र अस्मिता अधिकारी लगायतका कलाकारहरू पनि कार्यक्रमको शोभा बढाउनेछन्।

यी कलाकारहरू आफैंमा विभिन्न पुस्ताका प्रतिनिधि हुन्। सिनेमामा उनीहरूको योगदान, सामाजिक सञ्जालमा उनीहरूको लोकप्रियता, र सजीव प्रस्तुती दिने क्षमता कार्यक्रमको उत्कृष्टता सुनिश्चित गर्छ। यस किसिमको आयोजनाले प्रवासी समुदायलाई आफ्नो भाषा, कला र संस्कृति प्रतिको गर्व अझ बलियो बनाउने विश्वास आयोजकहरूको रहेको छ।

टिकट दर र उपलब्धता

दर्शकहरूको पहुँचलाई ध्यानमा राख्दै विभिन्न वर्गको टिकट दर तोकिएको छ।

  • सिल्भर – ४० कतारी रियाल

  • गोल्ड – ७५ कतारी रियाल

  • VIP – १२५ कतारी रियाल

  • VVIP – २०० कतारी रियाल

  • रेड कार्पेट – ५०० कतारी रियाल

टिकटहरू लुलु हाइपर मार्केट, ग्रान्ड मल, सिटी एक्सचेन्ज लगायतका स्थानहरूमा उपलब्ध छन्, साथै अनलाइन Q-Tickets मार्फत पनि सजिलै खरिद गर्न सकिनेछ।

आयोजकले कार्यक्रमलाई सुरक्षित, पारिवारिक र उच्चस्तरीय बनाउन सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ। दोहाको सांगीतिक इतिहासमा एउटा कोशेढुङ्गा बनाउने लक्ष्यसहित, यो कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण प्रवासी समुदायलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

???? थप जानकारीको लागि:
+974 6000 8369 | +974 7779 4369

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]