बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

धनगढीमाई नगरपालिकाले किसानको १ करोड ६० लाखको सिंचाइ महशुल भुक्तानी गर्दै

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
धनगढीमाई नगरपालिकाले किसानको १ करोड ६० लाखको सिंचाइ महशुल भुक्तानी गर्दै
Rampam
3D Education Lahan

विनोद मण्डल

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो किसानप्रति गरेको ऐतिहासिक सहयोगका कारण यतिबेला नगरभरि उनको प्रशंसा भइरहेको छ । आम किसानको हितमा खुलेर उत्रिएका मेयर महतोले कृषि सिंचाइका लागि प्रयोग गरिएका विद्युत मिटरहरूको बक्यौता महशुल एकैपटक नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) लाहान शाखालाई चेक हस्तान्तरण गर्दै नयाँ उदाहरण प्रस्तुत गरेका छन् । मेयर महतोले १ करोड ६० लाख ९८ हजार ६६२ रुपैयाँको चेक ने.वि.प्रा. लाहान शाखालाई हस्तान्तरण गरेपछि नगरका आ.व.२०७९/८० देखि २०८१/०८२ सम्मका करिब २०८१ साल माघ मशानत सम्मको बिल भुक्तानी हुँदा करिब ३७२४ जना कृषकहरु लाभान्वित भएका छन । ३७२४ जना किसानहरू खुशीले गदगद भएका छन् । आर्थिक वर्ष २०७९/०८० देखि तिर्न बाँकी रहेको सिंचाइ मिटरको महशुल यसरी समग्र रूपमा नगरपालिकाले भुक्तानी गरेको यो पहिलोपटक हो । नगर क्षेत्रमा विगत चार जना प्रमुख प्रशासकीय अधिकृतको कार्यकालसम्म समेत किसानहरूको महशुल तिर्न नसकिएको अवस्थामा, मेयर महतोले आफ्नो नेतृत्वमा किसान हितमा साहसिक निर्णय लिँदै बक्यौता रकम चुक्ता गरेका हुन । कार्यक्रमका क्रममा ने.वि.प्रा. लाहान शाखाका इन्जिनियर मनोज शाहले बोल्दै भने, “धनगढीमाई नगरपालिका यो जिल्लाको पहिलो यस्तो नगरपालिका हो, जसले एकैपटक करोडौं रुपैयाँ बराबरको महशुल भुक्तानी गरेको छ । मेयर महतोले भने, “किसान देशको मेरुदण्ड हुन् । तिनीहरूको समस्या समाधान नगरी नगर समृद्धि सम्भव छैन । बक्यौता महशुल तिरेर किसानलाई राहत दिनु मेरो पहिलो प्राथमिकता हो, र आगामी दिनमा पनि कृषिमा आधारित योजनाहरूलाई अघि बढाउने छु ।” नगरका किसानहरूले मेयर महतोप्रति कृतज्ञता व्यक्त गर्दै, उनको नेतृत्वमा आफूहरूको हकहित सुरक्षित भएको अनुभव व्यक्त गरेका छन् । यस अभूतपूर्व कदमले धनगढीमाई नगरपालिकाको मात्र होइन, समग्र सिरहा जिल्लाको पनि ध्यान आकर्षित गराएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]