अजय मिश्र
कृष्णनगर - बचपन” प्ले स्कुलले गर्मी बिदाभन्दा पहिला दश दिने समर क्याम्प समपन्न गरेकाे छ ।कृष्णनगरकाे निजि विद्यालय “बचपन” प्ले स्कुलले गर्मी बिदा गर्नुभन्दा पहिला दस दिने अतिरिक्त क्रियाकलाप सम्बन्धि अन्तरक्रिया गरि समर क्याम्प आज समापन गरेकाे छ ।
दशाैं दिन समर मेलाकाे आयाेजना गरि अभिभावक , भद्रभलाका बीच शिक्षकवर्गकाे सक्रियता दस दिने क्याम्प सम्पन्न गरेकाे प्रबन्ध निर्देशक धीरेन्द्र बिक्रम सिंहले बताउनुभयाे। समर क्याम्पकाे नाै दिनसम्म बच्चाहरुले स्पिच अभ्यास , चित्रकला , शैक्षिक प्रदर्शनी लगायतका अतिरिक्त क्रियाकलापहरुमा सहभागी भएका थिए भने दशाैं दिन मेला मा सांस्कृतिक कार्यक्रमका साथ पुरस्कार वितरण गरि सम्पन्न गरिएकाे छ । कार्यक्रममा विद्यालय संचालक समिति , बिद्यालयका शिक्षक शिक्षिका , अभिभावक लगायतकाे उपस्थिति थियाे ।




















