बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी र कानुनी: जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १६, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी र कानुनी: जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय
Rampam
3D Education Lahan

रासिन्द्र यादव,

सिरहा - सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालयले हालै सम्पन्न शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा कानुनी, पारदर्शी र निष्पक्ष रहेको स्पष्ट पारेको छ। विद्यालयमा विगतदेखि शिक्षक अभावका कारण शैक्षिक गुणस्तरमा समस्या देखिँदै आएको र करिब ११०० विद्यार्थीको भविष्य सुनिश्चित गर्न नियुक्ति अत्यावश्यक रहेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयमा १६ शिक्षक दरबन्दी रिक्तमध्ये केही मरुवा र स्थायी नियुक्तिबाट भरिएको भए पनि प्राविधिक धार अन्तर्गतको सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा समस्या आउन थालेपछि १२ शिक्षक पदका लागि प्रक्रिया अघि बढाइएको थियो। शिक्षा विकास तथा समन्वय इकाइको निर्देशनमा कार्यालय प्रतिनिधि र विज्ञहरूको सहभागितामा लिखित परीक्षा, अन्तरवार्ता र मूल्याङ्कनसहितको नियुक्ति प्रक्रिया अपनाइएको हो।

विद्यालयका प्रधानाध्यापक मुरारी शर्माका अनुसार सम्पूर्ण प्रक्रिया वैधानिक समितिको निगरानीमा निष्पक्षरूपमा सम्पन्न भएको हो र हाल नियुक्त शिक्षकहरू विद्यालयमा कार्यरत भई पठनपाठनमा सक्रिय छन्।

यद्यपि, केही दिनयता सामाजिक सञ्जालमा नियुक्तिलाई लिएर गलत र निराधार आरोपहरू लागिरहेको भन्दै विद्यालय प्रशासनले त्यसप्रति आपत्ति जनाएको छ। प्रधानाध्यापक शर्माले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र शिक्षा सुधारका लागि विद्यालयको प्रयासलाई साथ दिन सबै अभिभावक र शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

उनले सत्य उजागर हुने विश्वास व्यक्त गर्दै विद्यालय समर्पित रूपमा विद्यार्थीको भविष्य निर्माणमा लागेको बताए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]