बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

पासवान समुदायले शुक्रबार लहानमा खबरदारी सभा गर्ने

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १६, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
 पासवान समुदायले शुक्रबार लहानमा खबरदारी सभा गर्ने
Rampam
3D Education Lahan

लहान - सिरहाको लहान नगरपालिका -१२ र २२ मा पर्ने पासवान समुदायको कुल देवताको रुपमा रहेको एतिहासिक तथा धार्मिक राजा सल्हेशको फुलबारी संरक्षणका लागि सडक र्याली र खबरदारी सभा गर्ने भएको छ।

जेष्ठ १६ गते शुक्रबार लहानमा सल्हेश पासवान समाज सिरहाको आयोजनामा सल्हेश फुलबारी अतिक्रमण विरुद्ध खबरदारी सभा गर्न लागेको हो।

गत बैशाख १५ गते मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सलहेश फूलवारीसँगै टाँसिएको १० धुर जग्गामा मधेश सरकारले भारतीय नेता स्व. भीमराव अम्बेडकरको नाममा पार्क निर्माण गर्नका लागि शिलान्यास गरेका थिए। पुजारी जीतेन्द्र सिंह धामीले दान दिएको जग्गामा अम्बेडक्र पार्क निर्माण गर्न मधेश सरकार ८० लाख बजेट छुट्याएको थियो।

अम्बेडकर पार्कको शिलान्यास भएपछि विरोध सुरु भयो । राजा सलहेशको गाथा र वीरतासँग जोडिएको ऐतिहासिक तथा धार्मिक सलहेश फुलवारीको इतिहास मेट्न षड्यन्त्र गरेको भन्दै पार्क निर्माणको विरोध पासवान समूदायले गरे । राजा सलहेश पासवान समूदायको कुल देवता हो । त्यसैले सो समूदाय सलहेश फूलवारीको संरक्षण गर्न समिति बनाएर संगठित बनेको छ ।

गत बैशाख २८ गते सलहेश फूलवारी संरक्षण संघर्ष समितिले मोहन पासवानको संयोजकत्वमा मधेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा ज्ञापन पत्र बुझाएका थिए।पासवान समुदायले ज्ञापन पत्र बुझाए लगतै योजना नै रद भएको अध्यक्ष राउको सचिवालयले जनाएको छ।

 यता राम ( चमार ) समुदायले पार्क निर्माण हुनु पर्छ भन्दै गत जेष्ठ ७ गते बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन्।

अम्बेडकर पार्क बनाउने भनेर शिलान्यास गराएको सलहेस फूलबारी नजिकको १० धुर जग्गामै पार्क बनाउनुपर्ने उनीहरूको माग छ।जग्गा अपुग भए चमार समुदायका डा. काशीन्द्र महरा चमारले थप दुई कट्ठा जग्गा सरकारलाई दिने लिखित प्रस्ताव पनि ज्ञापनपत्रमार्फत दिइएको छ।



Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]