बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहानको पशुपति आदर्श माविको चौर पोखरीमा परिणत, खेल गतिविधि ठप्प

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १३, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानको पशुपति आदर्श माविको चौर पोखरीमा परिणत, खेल गतिविधि ठप्प
Rampam
3D Education Lahan

विनोद मण्डल

लहान - सिराहा जिल्लाको लहान नगरपालिकामा अवस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको चौर विगत केही महिनादेखि पोखरीमा परिणत भएपछि खेल गतिविधि ठप्प बनेका छन् । वर्षा सुरु नहँदै मैदानमा पानी जमेर दलदलजस्तै अवस्था सिर्जना हुँदा विद्यालयका खेलाडीहरू निराश भएका छन्, भने विद्यालय प्रशासन मात्र दर्शक बनेर चुपचाप हेरेको आरोप लागिरहेको छ । विद्यालय परिसरको मुख्य खेलमैदान जलमग्न हुँदा विद्यालय स्तरीय फुटबल, क्रिकेट, भलिबल लगायतका नियमित अभ्यास तथा प्रतियोगिता कार्यक्रमहरू प्रभावित भएका छन् । विद्यार्थीको खेलदौडको अधिकार समेत कुन्ठित भएको अभिभावक र विद्यार्थीहरूले गुनासो गरेका छन् । कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले भने, “हामी प्रत्येक दिन खेल अभ्यासका लागि मैदानमा जान्थ्यौं । अहिले मैदाननै हिलो र पानीले भरिएको छ, खेल्न त परै जाओस्, उभिनसमेत नसकिने अवस्था छ ।” स्थानियले चौरको दुर्दशाप्रति चिन्ता व्यक्त गर्दै चाँडो व्यवस्थापनको माग गरेका छन् । स्थानीयबासीका अनुसार, विद्यालय मैदानमा उचित ढल निकासको व्यवस्था नहुँदा थोरै वर्षा वा वरपरको नालीको पानीसमेत मैदानमा जम्मा हुने गरेको छ । चौरको सतह सम्याउने, ढल निकासको पूर्वाधार निर्माण गर्ने लगायतका कामहरू वर्षौंदेखि बेवास्ता हुँदै आएको उनीहरूको भनाइ छ । विद्यालयको चौर पोखरीमा परिणत हुँदा शिक्षाको पूर्णताको लागि आवश्यक पर्ने शारीरिक क्रियाकलापबाट विद्यार्थीहरू वञ्चित हुनु शिक्षा प्रणालीकै कमजोरी भएको सरोकारवालाहरूले औंल्याएका छन् ।स्थानीय युवा क्लब तथा विद्यालय व्यवस्थापन समितिले संयुक्त रूपमा पहल गरी चौरको स्तरवृद्धि, निकास सुधार तथा दीर्घकालीन पूर्वाधार निर्माणको माग गर्न भने जरुरी देखिन्छ । विद्यालयको चौर पुनः खेलमैदानमा फर्काउने प्रयासलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने आवाज बढ्दो छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]