बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

समाजवादी प्रेस संगठनको नेतृत्व असंक्ष्म भन्दै पर्साका करिब दुई दर्जनले दिए राजीनामा

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १२, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
समाजवादी प्रेस संगठनको नेतृत्व असंक्ष्म भन्दै पर्साका करिब दुई दर्जनले दिए राजीनामा
Rampam
3D Education Lahan

वीरगंज - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नजिक रहेका समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सल्लाहकार एवं निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित संगठन पर्साका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँको समुहले संगठनको साधारण सदस्य समेत नरहने गरी सोमबार राजीनामा गरेको छ ।

संगठनमा हैकमबादी, चापलुसी बढदै गएकोले राजीनामा दिईएको बताईएको छ । संगठन पर्सामा संगठनका संस्थापक केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठकै पालादेखि बिवाद हुदै दुई गुटमा बिभाजित भएको थियो । करिब दुई वर्ष देखि पर्सा संगठनमा बिवाद र गुट उपगुट भए पछि नेतृत्वकर्ताले वास्तै नगरी थप झगडा बल्झाउने काम गरेको जगजाहेर नै रहेको राजीनामा पत्रमा उल्लेख रहेको छ ।

बिवाद भए देखि संगठन, प्रचार विभाग र पार्टीमा बारम्बार उजुरी दिंदा मिति २०८१ माघ ६ गते संगठनको कार्यवाहक अध्यक्ष नवराज छतकुलीको अध्यक्षतामा केन्द्रिय पदाधिकारी एवं सल्लाहकारहरुको संयुक्त बैठकले पर्सा जिल्लामा संगठनको दुई वटा कमिटी भएकोले दुबै कमिटीलाई बिघटन गरी अजय चौरसिया संयोजक रहने गरी आयोजक कमिटी सर्वसहमतिले बनाउने निर्णय भयो । तर सो निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा विधि, विधान उल्लंघन गर्ने, सर्वसम्मतिको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति संगठनमा देखिएकोले झोले संगठनमा बस्न उचित नरहेको राजीनामा पत्रमा उल्लेख रहेको छ ।

सो निर्णय कार्यान्वयन नभएकोले मिति २०८२÷२÷१ गतेका दिन हामीहरुले संगठनको केन्द्रिय कार्यालयमा राजीनामा दिए पनि हालसम्म सो राजीनामा स्वीकृत भएको आधिकारीक जानकारी नआएको र केन्द्रिय नेतृत्व पूर्ण रुपले असंक्षम देखिएकोले आजैको मिति देखि हामीहरु समाजवादी प्रेस संगठनको साधारण सदस्य समेत नरहने गरी यो राजीनामा दिएको निवर्तमान अध्यक्ष मियाँले बताए ।

राजीनामा दिनेहरुमा संगठन पर्साका दिपक कुशवाहा, राम अनुप यादव, श्रीराम रौनियार, जय कुमार यादव, रामेश्वर चौरसिया, अजय चौरसिया, दिपेन्द्र गिरी, रंजित चौरसिया, राकेश जायसवाल, बिरेन्द्र भट्टराई, रोशन कुमार, मयन्क गुप्ता, अरुण कुमार, आकाश पटेल, राजकिशोर भगत, बिनय कुमार मुखिया, सागर कुमार, दिपक चौरसिया, मुकेश कुमार चौरसिया, सन्नी कुमार, अकबर हवारी, रामाशंकर कुमार, जितेन्द्र कुमार लगायत रहेका छन् ।

यसअघि आईतवार संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश ईन्चार्ज सुभाष साहले संगठनको गतिविधि प्रति असन्तुष्टि जनाउदै राजीनामा दिई सकेका छन् ।

bbac2730-6d26-464f-8a29-e25bb9772976

f9201368-529a-465e-afe8-993f7fd7257e

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]