बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अम्बेडकर पार्क: शिलान्यास भएकै स्थानमा बनाउनु पर्छ माग

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अम्बेडकर पार्क: शिलान्यास भएकै स्थानमा बनाउनु पर्छ माग
Rampam
3D Education Lahan

जनकपुरधाम। सिरहा जिल्लाको लहान नगरपालिका १२ र २२ स्थित शिलान्यास भइसकेको स्थलमै डा. भीमराव अम्बेडकर पार्क निर्माण गर्न चमार समुदायका अगुवा तथा संघसंस्थाहरूले माग गरेका छन् ।

बुधबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्दै उनीहरूले औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा लहान–१२ र २२ को सलहेस फूलबारी नजिक रहेको १० धुर सार्वजनिक जमिनमा अम्बेडकर पार्क निर्माण गर्ने पूर्वनिर्धारित योजनालाई कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरिएको छ । सो स्थानमा औपचारिक शिलान्यास भइसकेको भए पनि राजनीतिक दबाबका कारण निर्माण प्रक्रिया रोकिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

ज्ञापनपत्रमा पासवान समुदायका केही नेताहरूको विरोधकै कारण बहुसंख्यक दलित समुदायको मागलाई बेवास्ता गरिएको गुनासो गरिएको छ । ‘कसैको व्यक्तिगत वा वर्गीय असहमतिको आधारमा सम्पूर्ण समुदायको अधिकार कुन्ठित गरिनु अन्याय हो,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा चमार समुदायका डा. काशीन्द्र महरा चमारले पार्क निर्माणका लागि आवश्यक परे थप दुई कट्ठा निजी जग्गा सरकारलाई निःशुल्क दिने लिखित प्रस्ताव समेत राखिएको छ । ‘पार्क निर्माणको काम जग्गाको अभावमा रोकिनु नपरोस् भन्ने हाम्रो चाहना हो,’ महरा चमारले भने ।

ज्ञापनपत्रमा निर्माण हुन लागेको अम्बेडकर पार्कलाई केवल चमार समुदायको गौरवको विषय मात्र नभई सबै दलित समुदायका साझा नेतृत्व र प्रेरणाका स्रोतहरूको स्मृति स्थलका रूपमा विकास गर्न प्रस्ताव गरिएको छ । पार्कमा चमार समुदायका गुरु रविदास, मुसहर समुदायका दीनाभद्री र राजा सलहेसको समेत शालिक राख्नुपर्ने माग गरिएको छ ।

प्रदेश सरकारले बजेट नछुट्याए चन्दाबाट भए पनि पार्क निर्माण अगाडि बढाउने चेतावनी ज्ञापनपत्रमा दिइएको छ । उनीहरूले यस विषयमा दलित समुदायका युवाहरू, अगुवा र संघसंस्थाहरूबीच पूर्ण सहमति भएको जनाएका छन् ।

ज्ञापनपत्रमा अम्बेडकर पार्क निर्माण बाहेक दलित समुदायसँग सम्बन्धित अन्य आठ महत्वपूर्ण मागहरू पनि समावेश गरिएको छ । तीमध्ये दलित विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति विस्तार, दलित बस्तीमा आधारभूत पूर्वाधारको विकास, रोजगारीका लागि सीपमूलक तालिम तथा आर्थिक अनुदानको व्यवस्था, जातीय भेदभावविरुद्ध कडा कानुनी कार्यान्वयन र दलित कल्याणका लागि छुट्टै मन्त्रालय गठनजस्ता मागहरू उल्लेख छन् ।

ज्ञापनपत्रमा चमार कल्याण समाज नेपालका अध्यक्ष दिनेश चमारसहित विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । मुख्यमन्त्री सिंहले ज्ञापनपत्र बुझ्दै समुदायको आवाजलाई बेवास्ता नगरिने र उचित छलफलपछि आवश्यक निर्णय लिइने आश्वासन दिएका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]