काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। अख्तियार स्रोतका अनुसार धेरै पैसा असुल गरी भिसिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अध्यागमन कार्यालयमा छापा मारेको हो
अख्तियारको टोलीले विभागको कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ।




















