काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रुपमा डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई केन्द्रिय बैंकको १८ औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गभर्नर सिफारिस समितिले मंगलबार नै पौडेलसहित निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।