बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

बटेश्वर गाउँपालिकामा अख्तियारको छापा

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ६, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा
Rampam
3D Education Lahan

बर्दिबास - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा छापा मारेको छ ।

सोमबार अख्तियारले गाउँपालिका कार्यालयमा छापा मारेर अलपत्र र सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको हो ।

अलपत्र र सेटिङका योजनाहरू अलपत्र सम्बन्धी समाचार सार्वजनिक भएपछि अख्तियारले कागजातहरू उपलब्ध गराउन पटक–पटक पत्राचार गरे पनि कार्यालयले अटेर गरेको थियो ।

सोमबार कागजात लिन अख्तियारको टोली पुगेको थियो । तर, फाइल राखेको दराजको साँचो डेढ महिना अघि भ्रष्टाचार मुद्दा विशेषमा दर्ता भएपछि निलम्बित लेखा अधिकृत सुमनपुरीसँग रहेको भन्दै कर्मचारीहरूले दिन मानेका थिएनन् ।

अख्तियारका एक कर्मचारीका अनुसार झन्डै चार घण्टासम्म कागजात नदिएपछि दराजको ताल्चा फुटाएरै कागजात लग्ने चेतावनी दिएपछि खोलेर फाइल दिएको थियो ।

अनियमितताको कारण कर्मचारीले काम नगर्न मानेपछि चार वर्षदेखि अलपत्र परेका गाउँपालिका कार्यालय अगाडिको अधुरो महादेव मन्दिर, वडा नं.–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे अधुरो भवन लगायत आधा दर्जन बढी योजनाको फाइल अख्तियारले नियन्त्रणमा लिएको कार्यालयका एक कर्मचारीले बताए ।

तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालको अन्ततिर आर्थिक वर्ष २०७८÷७९ मा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी, लेखालअधिकृत पुरीले मिलेमतो गरी रौतहटको आर्यन कन्ट्रक्सनलाई सेटिङमा टेन्डर र कोटेसन मार्फत झन्डै एक दर्जन योजना दिएको थियो ।

वडा नं. २ स्थित श्री जन प्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, पालिकाको प्रशासनिक कार्यालयको दोश्रो तल्ला, पालिका अगाडिको दलित बस्तीको बाटोको पीसीसी ढलान, वडा नम्बर २ को धुमासन टोलमा बाटोमा पिसीसी ढलान, पाटोटोलमा सार्वजनिक दलान, वडा नम्बर ३ मा दलितको घर लगायतको काम आर्यन कन्ट्रक्सनले गरेको थियो ।

सेटिङका योजनाहरूको काम हतारहतार जथाभावी गरे पनि मन्दिर र लक्ष्मी माविको भवन अलपत्र परेको थियो । जनप्रिय माविको भवन भने पालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएर आएपछि सोही कन्ट्रक्सनबाट गरिएको थियो ।

आर्यन कन्ट्रक्सनलाई टेन्डरका योजनाहरू एक प्रतिशतसम्म समेत बिलो कटेको छैन । सेटिङका योजनाको काम पालिकाका बहालबाला इन्जिनियर जितेन्द्र यादवलाई जिम्मेबारी विहीन बनाएर करारमा इन्जिनियर शौरभ कुशवाहालाई राखेर बर्दिबासबाटै कागजात तयार पार्ने काम भएको थियो । अनलाइनखबर

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]