बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

पशुपति माविको भाडा सम्बन्धी मुद्दामा चरित्र हत्या गरियो थारु संघ

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ५, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
पशुपति माविको भाडा  सम्बन्धी  मुद्दामा चरित्र हत्या गरियो थारु संघ
Rampam
3D Education Lahan
बिरेन्द्र नेपाल
सिरहा – लहान नगरपालिका वडा नं. १ स्थित पशुपति आदर्श माविमा नौ वर्षअघि व्यापारीहरूसँग संकलित पसल भाडा रकम भ्रष्टाचारसम्बन्धी उजुरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट मिति २०८१ चैत २५ गते आएको पत्र अनुसार लहान नगरपालिकाले मिति २०८२ वैशाख ८ गते विद्यालयलाई आवश्यक राय र कागजात पठाउन आग्रह गरेको थियो।
सोही अनुसार पशुपति आदर्श माविले मिति २०८२ वैशाख २२ गते लहान नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन, मुद्दासम्बन्धी विवरण र रायसहित आवश्यक कागजात पेश गरेको थियो। विद्यालयले आफ्नो अभिलेख अनुसार आ.व. २०७२/०७३ र २०७३/०७४ को लेखापरीक्षण प्रतिवेदनसहित भाडा रकमसम्बन्धी मुद्दा जिल्ला अदालत सिरहा इजलासमा रही मिति २०८२ वैशाख १५ गते फैसला भइसकेको र फैसलाले वादीको अभिलेख दावी नपुग्ने ठहर गरेको स्पष्ट पारेको छ।
यस्तो अवस्थामा मिति २०८२ जेठ ३ गते विभिन्न अनलाइन सञ्चारमाध्यम – खबर हब, टुडे खोज, र अन्य स्थानीय अनलाइन प्लेटफर्महरूमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा लहान न.पा. १ निवासी पशुपति आदर्श माविका दाता परिवारमाथि चरित्र हत्या गर्ने आशयका साथ भ्रामक समाचार प्रकाशित गरिएकोप्रति नेपाल थारु सङ्घका अध्यक्ष अजय कुमार चौधरीले एक प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, “विद्यालयलाई अरबौंको सम्पत्ति दान गर्ने परिवारमाथि तत्कालीन प्रधानाध्यापक परमेश्वर रायले व्यापारीहरूसँग संकलन गरेको रु. ५० लाख रकम चुनावमा खर्च गरिएको आरोप पूर्णरूपमा मनगढन्ते, आधारहीन र पूर्वनियोजित रुपमा समाजमा बदनाम गराउने प्रपञ्चमात्र हो।” यस्तो समाचार अदालतको मानहानी हुने किसिमले तयार पारिएको र पत्रकारले कुन कानुन वा ऐन अनुसार यस्तो संवेदनशील सूचनाको प्रकाशन गरे भन्नेमा प्रश्न उठाइएको छ।
चौधरीले विज्ञप्तिमा भनेका छन्, “जब अदालतले फैसला गरिसकेको छ, जब अख्तियारमा अझै अनुसन्धान जारी छ, तब पत्रकारलाई यस्ता सूचना कसरी चुहावट भयो ? के लहान नगरपालिका आफैले अदालतको फैसला हुनासाथ जानकारी चुहाएर समाचार गराएको हो ? यदि हो भने यो गम्भीर आपराधिक नियत हो र यसप्रति हामी घोर आपत्ति जनाउँछौं।”
उनले यस्ता घटनाले राज्यका संवैधानिक निकाय, अदालत र संचार जगतकै विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। साथै पत्रकारिताको आडमा पात्रहत्या र बदनाम गर्ने उद्देश्यले सञ्चालित यस्ता फोहरी खेलको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
चौधरीले कानुन सबैका लागि बराबर हुने र व्यक्तिको होइन विधिको शासन हुनुपर्ने कुरामा जोड दिँदै निष्पक्ष र सत्य तथ्यको आधरमा मात्र समाचार सम्प्रेषण गर्न संचारमाध्यमलाई आग्रह गरेका छन्। उनले प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदै दोषी जोकोही होस्, कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन्।
नेपाल थारु सङ्घको यो विज्ञप्तिले स्थानीय तहदेखि सञ्चारकर्मी, प्रशासनिक संयन्त्र र न्यायिक प्रक्रियामाथिसमेत प्रश्न उठाएको छ। यथार्थ छानबिन गरी सत्य सार्वजनिक गर्नुपर्छ भन्ने आवाज पनि यो विज्ञप्तिबाट आएको छ।
Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]