काठमाडौ -  जनता समाजवादी पार्टी  ( जसपा) नेपालको केन्द्रिय अध्यक्ष तथा पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया जाने तय भएको छ ।

पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाको समिति गठन तथा मलेसियामा बस्नुहुने नेपाली श्रमिकहरुसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव मलेसिया जान लागेको हो। 

अगामी जुन ०१" तारिख मलेसियामाको राजधानी क्वलालमपुर स्थित ग्राण्ड होटेलको सभाहलमा कार्यक्रम तय भएको बताएको छ।

कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा र डा. निश्चलनाथ पाण्डे लगायतका दिग्गज नेताहरुको उपस्थिति रहने मलेसिया संयोजक बिनोद यादवले जानकारी दिए।

कार्यक्रम स्थलसम्म पुग्न वा कार्यक्रमबारे थप जानकारी लिन विनोद कुमार यादवको WhatsApp वा Call नम्बर +६०१२३३७७९४३ सम्पर्क गरि कार्यक्रममा भाग लिन वा उपस्थित सक्नु हुने बताएको छ।