बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

छोरीको विवाहका गहना आफ्नो पसलमा नकिनेको भन्दै सुँगुरको खोरमा थुनेर यातना

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ५, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
छोरीको विवाहका गहना आफ्नो पसलमा नकिनेको भन्दै सुँगुरको खोरमा थुनेर यातना
Rampam
3D Education Lahan

सर्लाही - सर्लाहीका एक सुन व्यवसायीले आफ्नो पसलमा गहना नकिनेको भन्दै एक स्थानीयलाई सुँगुरको खोरमा थुनेर यातना दिएका छन्। घटनामा संलग्न दुवै पक्षका गरि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

छोरीको बिहेको तयारीमा रहेका पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सोही ठाउँका सुन व्यवसायी राजेन्द्र साह सुनासहितका व्यक्तिले आफ्नो पसलमा गहना नकिनेको भन्दै सुँगुरको खोरभित्र थुनेर यातना दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।

डीएसपी राईका अनुसार यही जेठ ८ गते छोरीको विवाहको तयारीमा रहेका तस्लिमले साहको पसलमा गहना नकिनेको निहुँमा घटना भएको हो। सुन पसल सञ्चालन गर्दै आएका सुनारले अन्सारीलाई आफ्नो पसलमा गहना किन्नको लागि विभिन्न ढंगले दबाब दिँदै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यसरी दबाब दिएपछि गाउँमा छलफल पनि भएको रहेछ। त्यो छलफलमा अन्सारी र उनका दाइ दिल महमद अन्सारीले राजेन्द्र साहलाई थप्पड लगाएछन्,’ डीएसपी राईले  भने, त्यसको रिसमा राजेन्द्र र उनका छोरा कमलेशले गएको शनिबार अन्सारीलाई सुँगुरको खोरमा थुनेर यातना दिएको पाइएको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।

सुँगुरको खोरमा थुनेर अन्सारीलाई यातना दिने राजेन्द्र, उनका छोरा कमलेश, छोराका साथीहरु पप्पुकमार यादव र राहुलकुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

त्यसैगरि छलफलमा बसेको बेला राजेन्द्रलाई थप्पड लगाएको आरोपमा तस्लिम र उनका दाजु दिल महमदलाई पनि पक्राउ गरिएको डीएसपी राईले बताए। 

गएको शनिबार विवाहको लागि किनमेल गर्न भन्दै तसलिम भारततिर जाँदै गर्दा साह पक्षले बाटोमै उनलाई नियन्त्रणमा लिएर सुँगुरको खोरमा थुनेका हुन्। 

छोरीको विवाहको लागि आवश्यक गहना आफ्नो पसलमा नकिनेपछि साह पक्ष अन्सारीसँग रुष्ट भएको देखिन्छ,’ डीएसपी राईले भने, ‘छोरीको विवाहको लागि गहनासहितका सामान किन्न अन्सारी भारततिर जाँदै गरेको चाल पाएपछि साह पक्षले बाटोमै घेरेर सुँगुरको खोरमा थुनेर यातना दिएछन्। सुँगुरको खोरमा थुनेपछि उनीहरुले भिडिओ बनाएर समाजिक सञ्जालमा पोस्ट गरेकोसमेत पाइएको छ।

यो घटनाका सम्बन्धमा दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन्। तसलिम पक्षले राजेन्द्रसहितको समूहलाई अधर्म र अमानवीय व्यवहार सम्बन्धी कसुरमा उजुरी दिएका छन् भने राजेन्द्रले पनि अभद्र व्यहार सम्बन्धी कसुरमा प्रहरीमा उजुरी गरेका छन्। 

अधर्म सम्बन्धी कसुरमा सात दिन र अभद्र व्यवहार सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धानमा दुवै पक्षबाट हातपात तथा कुटपिटसहितको अभद्र व्यवहार भएको देखिएको डीएसपी राई बताउँछन्। यो घटनाको कारण छोरीको विवाहको तयारीमा रहेका अन्सारी परिवार बढी समस्यामा परेको छ। 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]