बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा गायक पशुपति शर्मा, शर्मिला गुरुङको प्रस्तुतिमा सङ्गितमय बन्यो स्याङ्जाको स्थापना दिवस

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ५, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा गायक पशुपति शर्मा, शर्मिला गुरुङको प्रस्तुतिमा सङ्गितमय बन्यो स्याङ्जाको स्थापना दिवस
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा :- स्याङ्जा सहयोग समाज कतारको २०औं वार्षिकोत्सब तथा २१औं स्थापना दिवस भव्य रूपमा सप्पन्न भएको छ।

स्याङ्जाको अनाथ तथा असहाय बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ शुक्रबार अल लक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब तथा स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रूपमा आएका चर्चित लोक तथा दोहोरी गायक, मोडेल पशुपति शर्मा, लोकप्रिय लोक गायिका शर्मिला गुरुङ र लोक गायक रामचन्द्र ढकालको साङ्गीतिक प्रस्तुतिले सङीतमय बनेको माहोलमा उपस्थित अतिथि तथा दर्शकहरु झुमेर नाचेका थिए ।

समाजका अध्यक्ष घनध्याम अर्यालको सभापतित्व तथा गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा विधिगत रुपमा नेपाली पञ्चेबाजालाई पुजा गरि राष्ट्रिय गान बजाएर समुद्धंघाटन गर्दै स्थापना दिवसको केक काटेर अघि बढेको कार्यक्रममा कार्यक्रम संयोजक शिवराम ढकालले स्वागत मन्तव्य राखेका थिए भने कतारमा रहेर पनि नेपाली कलाकारितामा निरन्तर लागिरहेकी कलाकार सुधा परियारले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुति सकेपछि नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक गायक रामचन्द्र पौडेल आफ्नो प्रस्तुतिको लागि स्टेजमा देखिएका थिए । ढकालले चौबन्दी चोली,मायामा फसियो लगायतका केही सालैजो भाकाहरु प्रस्तुत गरेका थिए । ढकालको प्रस्तुति पश्चात् लगतै पशुपति शर्मा मलाई कतार पनि यही भन्दै दर्शकलाई निकै आकर्षित पार्दै स्टेज चढेका थिए । शर्माले लाउथे बरै पिरती, यसै त डल्ली, स्याङ्जा जाने बाटोमा तनहु जस्ता चर्चित आधा दर्जन गीतहरु गाउदा हलमा उपस्थित दर्शकहरुले वान्च मोरको हुटिङ गर्दै साथ दिएका थिए ।

IMG_20250518_222836

कार्यक्रमको अन्त्यतिर नेपाली लोक क्षेत्रकी सदावहार हस्ती लोकप्रिय गायिका शर्मिला गुरुङले आफ्नो सागिंतिक प्रस्तुति दिन कतारसम्म आउन सहजीकरण गरिदिने स्याङ्जा सहयोग समाजलाई धन्यवाद व्यक्त गर्दै आफ्नो पहिलो प्रस्तुति स्वरुप राम्दी पुल तरने बितिकै भन्ने बोलको गित गाइन। गुरुङले गाइरहँदा हलको माहोल फरक बन्यो भने गुरुङले तिम्रो माया न भाको कहाँ होर, कति राम्रो फुलेको थुङ्गां जस्ता मार्मिक गितहरु गाएर सबैलाई मन्त्रमुग्द बनाएकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथी रेग्मीले आफ्नो मन्तव्य बोल्दै समाजले जुन उद्देश्यका साथ आयोजना गरेको सामाजिक तथा परोपकारी कार्यलाई निरन्तरता दिएर आगामी दिनमा थप राम्रा काम गर्नेछ भन्ने बिश्वास समेत व्यक्त गर्नु भयो । कार्यक्रमको अन्तमा सभापति अर्यालले कार्यक्रमलाई भब्यता साथ सप्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]