बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

पत्रकारको नाममा अबैध र अनैतिक कार्य बढेकोप्रति महासंघ सिरहाको ध्यानाकर्षण

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ४, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
पत्रकारको नाममा अबैध र अनैतिक कार्य बढेकोप्रति  महासंघ सिरहाको ध्यानाकर्षण
Rampam
3D Education Lahan

सिरहा । पत्रकारको नाममा अबैध र अनैतिक कार्य बढेकोप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ति जनाएको छ ।

महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले आज विज्ञप्ती जारी गरेर पत्रकारको नाममा अबैध र अनैतिक कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका हुन् ।

सिराहामा हाल केही गैरपत्रकार व्यक्तिहरूले आफू पत्रकार भएको भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी चौकी, होटल, लज लगायत स्थानहरूमा गएर धाकधम्की दिने, पैसाको बार्गेनिङ गर्ने, तथा जबरजस्ती पत्रकार सम्मेलन गराई दिने भन्दै पीडितहरूसँग रकम असुली गर्ने कार्यहरू भएको गुनासो प्राप्त भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

‘आफू नेपाल पत्रकार महासंघसँग आबद्ध रहेको झूठो दाबी गर्दै, महासंघका कार्यसमिति सदस्यहरू आफ्नो दाइ, काका वा मामा भएको बताई सामाजिक भ्रम फैलाउने काम गरिरहेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘जुन अत्यन्त निन्दनीय र गैरकानुनी कार्य हो ।’

पत्रकारको नाममा गरिने गलत गतिविधिहरूले पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामाथि आँच पुऱ्याइरहेको भन्दै महासंघ सिराहा शाखाले सरोकारवालाहरूलाई यस्ता तत्वहरूबाट सजग र सचेत रहन आग्रह गरेको छ ।

पत्रकारको नाममा गलत हर्कत गर्ने व्यक्तिहरू फेला परेमा वा यस्ता गतिविधिहरू देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल पत्रकार महासंघ सिराहा शाखालाई जानकारी गराउन पनि अपिल गरिएको छ ।

499076133_122230840976222279_6919146898664374635_n

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]