रामएकवाल राम
दोहा - नेपाल पत्रकार महासंघ कतार शाखाले १९ औ स्थापना दिवस मनाएको छ।
शुक्रबार नेपाली राजदुतावास कतारको सभाहलमा संघका अध्यक्ष दिलकुमार श्रेष्ठको सभापतित्वमा तथा नेपाली राजदुतावास कतारको राजदूत महामहिम रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियोे।
सो अवसरमा नेपाली राजदुतावास कतारको सहकार्यमा समाजिक सुरक्षा कोषकी वरिष्ठ सहायक निर्देशक शुसिला पौडेलले समाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र योजनाको महत्त्व तथा फाईदा पासवर्ड परिवर्तन, KYC अद्यावधिक, दाबी प्रक्रिया र पुन: श्रम स्वीकृति सुरक्षा कोषमा आबद्धता भएपछि पाइने सुबिधा, बिदेशबाट लैजाने टिभीमा भन्सार शुल्क लगायत थुप्रै विषयमा बारे विस्तृत रुपमा प्रकाश परेका थिए।
विधिवत रुपमा सुरुवात गरेको कार्यक्रमलाई संघकी सह सचिव शारदा भुजेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा दोहामा स्थापित विभिन्न संघका प्रमुख एव प्रतिनिधि , बुद्धिजीवी , समाजसेवी तथा नेपाली दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
पत्रकार महासंघ कतारको १९ स्थापना दिवसको अवसरमा महासंघको निम्तोलाई स्वीकार गरि कार्यक्रममा उपस्थित भएर सफल तुल्याईदिने सम्पूर्णमा सभापति श्रेष्ठले अभार व्यक्त गर्दै समाप्न गरेका थिए।























