बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गोलबजार होटल विवाद : यौन धन्धाको हल्ला निराधार, वडाध्यक्ष यादवको प्रष्टिकरण

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ३, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गोलबजार होटल विवाद : यौन धन्धाको हल्ला निराधार, वडाध्यक्ष यादवको प्रष्टिकरण
Rampam
3D Education Lahan

सिरहा - सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ मा रहेको एक होटलमा यौन धन्धा सञ्चालित भइरहेको भनी सामाजिक सञ्जालमा फैलिएको खबर झुठो भएको भनेर खण्डन गरिएको छ। घटना स्थलमा उपस्थित पत्रकार तथा प्रहरी स्रोतका अनुसार वास्तविकता फरक रहेको बताईएको छ ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर सिरहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जागेश्वर यादव आफ्नै आफन्तको निम्तोमा खाजा खान सोही होटलमा पुगेका थिए। त्यही क्रममा मिर्चैयाबाट फर्कंदै गरेका एक पत्रकारले होटल अगाडि सरकारी नम्बर प्लेटको मोटरसाइकल देखेपछि शंका गर्दै होटल प्रवेश गरेका थिए। उनले पानीको बोतल किनेर खाँदै गर्दा सोधपुछको क्रममा मदिरा सेवन गरेका अध्यक्षले अभद्र व्यवहार गरेका थिए।

पत्रकारले तत्काल जिल्ला प्रशासन कार्यालय सिरहालाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा प्रहरी पुगेपछि सामान्य विवाद भएको र त्यसलाई तुरुन्त मिलाइएको प्रहरीले जनाएको छ।

प्रहरीले भेटेको सरकारी मोटरसाइकल वडा नं. ५ का अध्यक्षकै जिम्मामा दिइएको छ भने अर्को मोटरसाइकल वडा नं. ४ का वडा अध्यक्ष मो. शमसादका आफन्तलाई बुझाइएको हो।

पत्रकारले सामाजिक सञ्जालमा फैलिएको यौन धन्धाको आरोपप्रति आपत्ति जनाउँदै भने, “त्यहाँ यौन धन्धा केही थिएन, त्यो केवल झुठो प्रचार हो।” उनले घटनालाई तोडमोड गरेर अफवाह फैलाउने प्रयास गरिएको बताए।

यता, वडा अध्यक्ष यादवले पनि घटनाबारे प्रष्ट पार्दै भने, “म आफन्तकोमा खाजा खान गएका थिएँ। खाजा खाँदै गर्दा सामान्य विवाद भयो, तर हामीले आपसमा कुरा मिलाइसकेका छौं।यस घटनाले सामाजिक सञ्जालमा गलत सूचना फैलनु र त्यसले व्यक्तिको चरित्रहत्या हुन सक्ने सम्भावनाबारे गम्भीर प्रश्न उठाएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]