रामएकवाल राम / शियाराम यादव
दोहा - सिरहा सेवा समाज कतारले लक्ष्मीपुर पतारी गाउँपालिकामा एक वृद्ध आमालाई खाद्यान्न समाग्री सहयोग गरेको छ।
सिराहको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यलय सामुने पोखरीको डिलमा एक मंकारिको घरमा बास बस्नु भएकी वृद्ध आमा शान्ता गिरिलाई रेडियो सरगमको विशेष पहलमा तथा सिरहा सेवा समाज कतारले खाद्यान्न समाग्रीहरु राहत स्वरुप प्रदान गरेको हो।
शुक्रबार जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोले उक्त असहाय वृद्ध आमा बस्ने घरमा घएर खाद्यान्न समाग्रीहरु सहयोग गरेको सिरहा सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए।





















