सरकारले अध्यादेश पारित नहुने अवस्था भएपछि थाती राखेर अहिले भूमि अध्यादेश सदनमा पेस गरेको छ। यसअघि यसमा असन्तुष्ट दलहरूको गुनासो सम्बोधन गरेर मात्रै विधेयक पेस गर्ने सहमति भएको थियो। तर, सरकारले यसअघिका प्रावधानलाई हेरफेर नगरी विधेयकको रुपमा मात्रै पेस गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन्।
यसअघि अध्यादेश यादव नेतृत्वको जसपाले समर्थन नगर्दा सदनमा निर्णयार्थ पेस नभई फिर्ता भएको थियो।
भूमिसम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,' उनले भने, 'अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमिसम्बन्धी विधेयक ल्याएको छ। सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौँ।'




















