रामएकवाल राम
दोहा :- समाजिक सुरक्षा कोषको वरिष्ठ सहायक निर्देशक सुशीला पौडेलको प्रमुख प्रशिक्षणमा समाजिक सुरक्षा कोष तथा श्रम स्वीकृति सम्बन्धि प्रशिक्षण हुने भएको छ।
नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागेको संघका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिए।
सन् : २००६ मा कतारमा स्थापना गरिएको महासंघल मे १६ तारिख शुक्रबारका दिन बिहान १० बजे देखि'नेपाली राजदुतावासको सभाहलमा' विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस सङ्गै प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।




















