बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबन्ध हटाउने घोषणा गरेपछि सिरियामा हर्षोल्लास

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबन्ध हटाउने घोषणा गरेपछि सिरियामा हर्षोल्लास
Rampam
3D Education Lahan

काठमाडौं :संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । पश्चिम एसियाको भ्रमणमा रहेका ट्रम्पले साउदी अरबको रियादमा एक लगानी फोरममा बोल्दै अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले आफ्नो ‘उद्देश्य’ हासिल गरेकाले अब त्यसको आवश्यकता नभएको बताए । 

ट्रम्पको घोषणालाई अरब नेता र सिरियाली नागरिकले स्वागत गरेका छन् । देशमाथि एक दशकदेखि लागेको कठोर आर्थिक प्रतिबन्ध हट्ने खबर बाहिरिएपछि कैयौँ सिरियाली नागरिक देशको झन्डा फहराउँदै दमासकसको उम्मायद चोकमा भेला भएर खुसी व्यक्त गरेका थिए ।

अल–असद परिवारको ५० वर्षभन्दा लामो कठोर शासन अन्त्यपछि सिरियाका लागि प्रतिबन्धहरू हटाउने ट्रम्पको प्रतिज्ञा एक प्रमुख मोड बन्न सक्छ । गत डिसेम्बरमा हाल सिरियाका अन्तरिम राष्ट्रपति रहेका अहमद अल–सारा नेतृत्वको विद्रोही फौजले बसर अल–असदको शासन अन्त्य गरेको थियो ।

‘त्यहाँ अहिले एक नयाँ सरकार बनेको छ । आशा गरौँ देशमा शान्ति कायम हुनेछ,’ ट्रम्पले रियादमा राष्ट्रपति अहमद अल–साराको नेतृत्वको अन्तरिम सरकारलाई इंगित गर्दै भने ।  सिरियामाथिको प्रतिबन्ध अन्त्य गर्ने निर्णयमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान (एमबिएस) र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रभावित बनाएको ट्रम्पले बताएका थिए ।

अमेरिकी प्रतिबन्ध हट्दा सिरियाको आर्थिक विकास, आर्थिक समृद्धि स्थापना गर्ने क्षमतामा रहेको प्रमुख अवरोध हट्नेछ,’ मिडल इस्ट काउन्सिल अन ग्लोबलअफेयर्सका फेलो ओमर रहमानले भने, ‘ट्रम्पलाई यो काम गर्न धेरै गाह्रो पनि छैन । किनकि, उनले यसका लागि कंग्रेससँग अनुमति माग्न आवश्यक पर्दैन ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]